Logo

प्रभु बैंकको शाखा ललितपुरको चापागाउँमा, शाखा संख्या १८८ पुग्यो

प्रभु बैंकको शाखा ललितपुरको चापागाउँमा, शाखा संख्या १८८ पुग्यो



काठमाडौं । प्रभु बैंकले ललितपुरको गोदावरी नगरपालिका १० चापागाउँमा शाखा विस्तार गरेको छ । बैंकले संचालनमा ल्याएको उक्त शाखाको गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जनले उद्घाटन गरेका छन ।

बैंकले स्थापना गरेको शाखाको उद्घाटनमा बोल्दै नगर प्रमुख महर्जनले बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ पहुँच नपुगेको ठाउँमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरेकाले समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताएका छन ।

चापागाउँ शाखामार्फत गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा प्रवाह हुनेभएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा पाउने बैंकले विस्वास लिएको छ । विस्तारित शाखासँगै बैंकको शाखा संख्या १ सय ८८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL