Logo

प्रभु बैंक र बीर अस्पतालबीच सम्झौता, अस्पतालमा २४ घण्टे क्यास काउण्टर

प्रभु बैंक र बीर अस्पतालबीच सम्झौता, अस्पतालमा २४ घण्टे क्यास काउण्टर



काठमाडौं । प्रभु बैंक र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान बीर अस्पतालबीच सम्झौता भएको छ ।

सम्झौतासँगै शुक्रबार देखी बैंकको बैंकिङसेवा सहित २४ घण्टे क्यास काउण्टर सञ्चालनमा आएको छ । अस्पतालका उपकुलपति प्राध्यापक ड. देवनारायण साहले उक्त २४ घण्टे क्यास काउण्टरको उद्घाटन गरेका छन ।

अस्पताल क्षेत्रमा सञ्चालनमा आएको उक्त २४ घण्टे क्यास काउण्टरमा उपचारको लागि आउने सेवाग्राहीहरुले चौबीसै घण्टा अस्पतालमा बुझाउनु पर्ने जुनसुकै रकम जम्मा गर्नपाउने भएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL