Logo

१० महिनामा मुद्रास्फिती बढेर ५ दशमल ३ प्रतिशतमा पुग्यो, खाद्य पदार्थको मूल्यमा उच्च वृद्धि

१० महिनामा मुद्रास्फिती बढेर ५ दशमल ३ प्रतिशतमा पुग्यो, खाद्य पदार्थको मूल्यमा उच्च वृद्धि



काठमाडौं । चालु आर्थिक बर्षको १० महिनामा मुद्रास्फिती बढेर ५ दशमलव ३ प्रतिशतमा पुगेको छ । गत आर्थिक बर्षको १० महिनामा ४ दशमलव १ प्रतिशत रहेको मुद्रास्फिती चालु आर्थिक बर्ष बढेर ५ दशमलव ३ प्रतिशतमा पुगेको हो ।

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको बैशाखसम्मको तथ्याङ्क अनुसार अघिल्लो आर्थिक बर्षको बैशाखको तुलनामा पनि चालु आर्थिक बर्षको बैशाखमा मुद्रास्फिती मात्रै १ दशमलव २ प्रतिशतले वृद्धि आएको छ ।

यस्तै चैत र बैशाखबीचको १ महिना पनि अस्वभाविक रुपमा मुद्रास्फिती बढेको पाईन्छ । गत चैत देखि बैशाखसम्ममा मात्रै ० दशमलव ९ प्रतिशतले मुद्रास्फीति बढेको हो ।

गत चैतमा खाद्यान्न, माछामासु, पेयपदार्थ लगायतको मुद्रास्फिती २ दशमलव ८ प्रतिशत वृद्धि हुँदा बैशाखमा भने ४ दशमलव ७ प्रतिशतमा पुगेको छ । सो अवधिमा भारतमा भने सोही अनुसार मुल्य वृद्धि भएको देखिदैन । खाद्य पदार्थ मध्ये तरकारीको मुद्रास्फिती चैतमा ४ दशमलव ४ प्रतिशत हुँदा बैशाखमा भने ६ दशमलव ३ प्रतिशतमा पुगेको हो ।

यस्तै गत चैतमा गैरखाद्य बस्तु जस्तै लुगा, जुत्ता, यातायात लगायतका बस्तुको ५ दशमलव ७ प्रतिशत हुँदा बैशाखमा भने ५ दशमलव ८ प्रतिशतमा पुगेको छ । उक्त १ महिनामा खाद्य पदार्थमा भने मूल्य वृद्धिदर अत्याधिक बढेको देखिन्छ ।सो अवधिमा गैरखाद्य बस्तुको मूल्यमा ठुलो वृद्धि नभएपनि खाद्य पदार्थको मूल्यमा ठुलो वृद्धि देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL