Logo

महालक्ष्मी विकास बैंक २५ औँ बर्षमा प्रवेश, शताब्दी पुरुष सत्यमोहन जोशीलाई अभिनन्दन

महालक्ष्मी विकास बैंक २५ औँ बर्षमा प्रवेश, शताब्दी पुरुष सत्यमोहन जोशीलाई अभिनन्दन



काठमाडौं । महालक्ष्मी विकास बैंक आज देखी २५ औँ वर्षमा प्रवेश गरेको छ । बैंकले २५ औं बर्षमा प्रवेश गरेको सो अवसरमा शताब्दी पुरुष सत्यमोहन जोशीलाई अभिनन्दन गरेका छन ।

सोही अवसरमा बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले संस्कृति, पुरातत्व र लोक संस्कृतिको क्षेत्रमा जोशीले गरेका अनुकरणीय योगदानको कदर गर्दै सम्मानपत्र तथा १ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले शुभकामना दिँदै ग्राहक, नियामक निकाय तथा सेयरधनीहरुको विश्वास, सद्भाव र मार्गनिर्देशनको लागि कृतज्ञता व्यक्त गरेका छन । साथै उनले ग्राहकको सन्तुष्टि र संस्थागत सुशासन आत्मसाथ गर्दै भविष्यमा अझ सरल, सहज र विश्वसनीय बैकिङ सेवाको प्रदान गर्ने बताएका छन ।

सोही अवसरमा प्रमुख कार्यकारी अधिकृत लामिछानेले काठमाडौं महानगरीय प्रहरी वृत, दरबारमार्गका प्रमुख शिव घिमिरेलगायतलाई फ्लोरेसेन्ट ज्याकेट वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL