Logo

वित्तीय विवरण सार्वजनिक गर्दै वाणिज्य बैंक, एभरेष्ट बैंकले कमायो डेड अर्ब नाफा

वित्तीय विवरण सार्वजनिक गर्दै वाणिज्य बैंक, एभरेष्ट बैंकले कमायो डेड अर्ब नाफा


रासस
27
Shares

काठमाडौं । वाणिज्य बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण धमाधम सार्वजनिक गर्न थालेका छन् । बुधबार एनआइसी एशिया बैंकले दोस्रो त्रैमासको विवरण सार्वजनिक गरेको थियो भने आज एभरेष्ट बैंक र माछापुच्छ्रे बैंकले आफ्नो विवरण सार्वजनिक गरेको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार नयाँ प्रणाली अवलम्बन गरेर वित्तीय विवरण सार्वजनिक गर्न थालिएको बैंकले जानकारी दिएको छ । आज प्रकाशित विवरणअनुसार एभरेष्ट बैंकले गत पुस मसान्तसम्म १ अर्ब ४२ करोड रुपैयाँ नाफा कमाउन सफल भएको छ ।

बैंकको गत वर्षको सोही अवधिमा १ अर्ब २२ करोड रुपैयाँ नाफा कमाएको थियो । गत पुस मसान्तसम्ममा बैंकले १ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप सङकलन गरी १ खर्ब ५ अर्ब रुपैयाँ बराबरको ऋण लगानी गरेको छ । बैंकको कर्जा निक्षेप अुनपात ७६ दशमलव २३ प्रतिशत रहेको छ ।

यस्तै माछापुच्छ्रे बैंकले आज प्रकाशित गरेको दोस्रो त्रैमासको वित्तीय विवरणमा ६२ प्रतिशत नाफा कमाएको उल्लेख छ । गत पुस मसान्तसम्म ७८ करोड १३ लाख रुपैयाँ बराबरको नाफा गरेको गरेको बैंकले अघिल्लो आवको सोही अवधिमा ४८ करोड ५७ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले ८५ अर्ब १७ करोड निक्षेप सङ्कलन गरी ७४ अर्ब ६५ करोड ऋण लगानी गरेको छ । बैंकको कर्जा निक्षेप अनुपात ७७ दशमलव ६४ प्रतिशत रहेको छ ।

यस्तै एनआइसी एशिया बैंकले चालू आर्थिक वर्षको ६ महीनामा १६४ प्रतिशत बढीले नाफा कमाएको छ । बैंकले गत पुस मसान्तसम्ममा १ अर्ब ५१ करोड रुपैयाँ नाफा गरेको छ ।

गत वर्षको सोही अवधिमा बैंकले ५७ करोड रुपैयाँ मात्रै नाफा गरेको थियो । बैंकले सो अवधिमा निक्षेप सङ्कलन ४६ प्रतिशतले बढाएको छ भने कर्जा लगानी ४८ प्रतिशतले बढाएको छ । बैंकले गत पुस मसान्तसम्म १ खर्ब ७५ अर्ब निक्षेप सङ्कलन गरी १ खर्ब ४९ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL