Logo

जनता बैंक र नेपाल भलिबल संघबीच सम्झौता, ५ वर्ष सम्म पुरस्कार प्रायोजन गर्ने

जनता बैंक र नेपाल भलिबल संघबीच सम्झौता, ५ वर्ष सम्म पुरस्कार प्रायोजन गर्ने



काठमाडौं । जनता बैंक र नेपाल भलिबल संघबीच सम्झौता भएको छ । बैंकले भलिबल खेलमा प्रायोजन गर्ने उद्देश्यले सो सम्झौता गरेको हो ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माबीच पुरस्कार प्रायोजन सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार नेपाल भलिबल संघले एनभिए अवार्ड सेरेमोनीमा प्रदान गर्ने बर्षको सर्वोत्कृष्ट टिम पुरुष र महिलाको लागि नगद पुरस्कार २ लाख रुपैयाँ बैंकले प्रायोजन गर्ने छ । साथै उक्त प्रायोजन आगामी ५ बर्ष सम्म उपलब्ध हुने बैंकले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL