Logo

जनता बैंकको एकै साथ ३ शाखा हुम्लामा, सम्पूर्ण बैंकिङ सेवा उपलब्ध

जनता बैंकको एकै साथ ३ शाखा हुम्लामा, सम्पूर्ण बैंकिङ सेवा उपलब्ध



काठमाडौं । जनता बैंकले हुम्लामा एकै साथ ३ शाखा विस्तार गरेको छ । बैंकले हुम्लाको अदानचुली गाउँपालिका, चंखेली गाउँपालिका र ताजाकोट गाउँपालिकामा शाखा विस्तार गरेको हो ।

शाखा विस्तार सँगै मोटर बाटोको पहुँच नपुगेको दुर्गम भेगका जनताहरुको जीवनस्तरमा बैंकिङ सेवाले वित्तीय पहुँच पुग्ने बैंकले विश्वास लिएको छ ।

विस्तारित शाखाबाट निक्षेप, कर्जा, रेमिटान्ससेवा लगाएत सम्पूर्ण आधुनिक बैंकिङ सेवा सुरु गरिएको बैंकले जानकारी दिएको छ ।

बैंकले १ सय २६ शाखा ७१ एटिएम, २ एक्स्टेनसन काउन्टर, २ सिमित बैंकिङ इकाई र ४० शाखा रहित बैंकिङ मार्फत सेपा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL