Logo

एनआईसी एशियाको शाखा बाँकेमा, एकै साथ दुई शाखा विस्तार

एनआईसी एशियाको शाखा बाँकेमा, एकै साथ दुई शाखा विस्तार



काठमाडौं । एनआईसी एशिया बैंकले २ शाखा विस्तार गरेको छ । बैंकले बाँकेको नेपालगञ्ज उप–महानगरपालिकाको त्रिभुवनचोक र सम्झाना चोकमा बुधबार शाखा विस्तार गरेको हो ।

त्रिभुवनचोक शाखाको बैंकका संचालक राजेन्द्र प्रसाद अर्याल र सम्झना चोक शाखाको नेपाल राष्ट्र बैक नेपालगञ्जका निर्देशक बिमल राज खनालले बुधबार एक कार्यक्रमका बीच उदघाटन गरेका छन ।

बैंकले २ सय ६१ शाखा, २ सय ५३ एटिएम, २५ एक्सटेन्सन काउण्टर तथा १८ शाखा रहित बैंकिङ सेवा मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकको वासलातको आकार १ अर्ब ९९ करोड रुपैयाँ भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब १ अर्ब ६४ करोड रुपैयाँ तथा कर्जा १ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL