Logo

मेगा बैंकले गर्यो लाइफ इन्स्योरेन्स र नारायणी अटोसँग सम्झौता, सेवाग्राहीलाई १० वर्षसम्म वित्तीय सेवा

मेगा बैंकले गर्यो लाइफ इन्स्योरेन्स र नारायणी अटोसँग सम्झौता, सेवाग्राहीलाई १० वर्षसम्म वित्तीय सेवा



काठमाडौँ । मेगा बैंकले लाइफ इन्स्योरेन्स कर्पोरेशन र नारायणी अटो सँग सम्झौता गरेको छ ।

बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र इन्स्योरेन्सका का.मु.प्रमुख कार्यकारी निर्देशक अविजित घोष दस्टीदर तथा बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र नारायणी अटोका प्रबन्ध निर्देशक अनुपकुमार बरालले सम्झौतामा हस्ताक्षर गरेका छन ।

सम्झौता अनुसार ग्राहकले बैंकका सबै शाखा मार्फत जीवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायतका सेवा प्राप्त गर्न सक्नेछन ।

त्यस्तै बैंकले नारायणी अटो बिजनेश प्राइभेट लिमिटेड सँग लोन सम्झौता गरेको छ ।

सम्झौता अनुसार नारायणी अटो मार्फत गाडी खरिद गर्न चाहने ग्राहकलाई बैंकले १० बर्षसम्म वित्तीय सुविधा प्रदान गर्ने भएको छ ।

अल्टो, वागेन आर र सेलेरियो गाडीमा ३५ प्रतिशत डाउन पेमेन्ट गरेपछि १५ हजार मासिक किस्तामा गाडी किन्न सकिने नारायणी अटोले जानकारी दिएको छ ।

ग्राहकले साँढे १२ प्रतिशतमा अटो लोन लिन सक्नेछन भने प्रक्रिया सुरु गरेको २४ घण्टाभित्रै निर्णय गरी ७ दिन भित्रै कर्जा प्रवाह गरिने बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL