Logo

ज्योति विकास बैंकको बिदेशी मुद्रा कारोबार सम्बन्धी अन्तरकृया, पर्यटन प्रवद्र्धन गर्न ठमेलमा शाखा

ज्योति विकास बैंकको बिदेशी मुद्रा कारोबार सम्बन्धी अन्तरकृया, पर्यटन प्रवद्र्धन गर्न ठमेलमा शाखा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ज्योति विकास बैंक ठमेल शाखाको आयोजनामा बैदेशिक मुद्रा सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।

अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक राम प्रसाद गौतम तथा सहायक निर्देशक माधव पोखरेलले विदेशी मुद्रा कारोबार तथा जोखिम सम्बन्धी जानकारी गराएका छन ।

बैंकको प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले विदेशी मुद्रा कारोवार तथा पर्यटन क्षेत्रलाई प्रर्वधन गर्न ठमेलमा शाखा विस्तार भएको बताएका छन ।

बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ सेवाका साथै सी आश्वा सेवा उपलब्ध गराएको छ ।

बैंकले ५० शाखा तथा १४ एटिएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । बेंकले १५ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन गरी १३ अर्ब ८५ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।

बैंकको हालको चुक्तापूँजी २ अर्ब ५९ करोड रुपैयाँ कायम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL