Logo

सेञ्चुरी बैंकले माग्यो २१४ कर्मचारी, कुन पदमा दिने आवेदन ?

सेञ्चुरी बैंकले माग्यो २१४ कर्मचारी, कुन पदमा दिने आवेदन ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सेञ्चुरी बैंकले २ सय १४ जना कर्मचारी माग गरेको छ । बैंकले सहायक प्रशिक्षार्थीदेखि सहायक प्रवन्धकसम्म माग गरेको हो ।

बैंकले नयाँ विस्तार गर्ने शाखा तथा केन्द्रिय कार्यलयका लागि कर्मचारी माग गरेको हो । जस अनुसार बैंकले बैंकले २ जना ब्रान्च म्यानेजर, १३ जना बरिष्ठ अधिकृत, २३ जना अधिकृत, ३६ जना सहायक अधिकृत, १८ जना सुपरभाइजर, २४ जना बरिष्ठ सहायक, ४ जना सहायक माग गरेको गरेको छ ।

यसैगरी ४ जना प्राविधिकतर्फको म्यानेजमेन्ट ट्रेनी, १५ जना म्यानेजमेन्ट ट्रेनी, ७५ जना सहायक प्रशिक्षार्थीहरु समेत माग गरेको छ । उक्त पदमा मेरो जब डटकमबाट फागुन १३ गतेसम्म आवेदन दिन सकिनेछ ।

बैंकको सहायक प्रवन्धकको लागि आवेदन दिनका लागि भने व्यवस्थापनमा स्नातकोत्तर गरेको तथा ७ वर्षको कार्य अनुभव भएको हुनुपर्नेे छ । यस्तै बरिष्ठ अधिकृतको लागि स्नाकोत्तरमा म्यानेजमेन्ट आइटी गरि न्यूनतम ५ वर्षको अनुभव, अफिसरको लागि व्यवस्थापनमा स्नातकोत्तर गरी ३ वर्षको अनुभव, सहायक अफिसरको लागि स्नातक गरी ३ वर्षको अनुभव, सुपरभाइजरको लागि स्नातक गरी १ वर्षको अनुभव, सहायकको लागि स्नातक गरि १ वर्षको अनुभव हुनुपर्ने छ ।

प्राविधिक तर्फको म्यानेजमेन्ट ट्रेनीमा आवेदन दिन आइटिमा इन्जिनियरिङ गरेको हुनुपर्ने छ भने म्यानेजमेन्ट ट्रेनीको लागि व्यवस्थापनमा स्नताकोत्तर गरेको हुनुपर्नेछ । तर, सहायक ट्रेनीको लागि भने प्लस टु गरेकाले पनि आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL