Logo

सेञ्चुरीको सामाजिक उत्तरदायित्व, नहुदालाई ५० हजार आर्थिक सहयोग

सेञ्चुरीको सामाजिक उत्तरदायित्व, नहुदालाई ५० हजार आर्थिक सहयोग


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले ‘सुरक्षित, स्वस्थकर तथा पुन प्रयोग हुने घरेलु सेनेटरी प्याडको तयारी र उपयोग’ सम्बन्धी दुई दिने तालिममा रु.५० हजार आर्थिक सहयोग गरेको छ ।

नेपाल प्राकृतिक तथा मानव श्रोत विकास संघ (नहुदा) द्धारा संचाललित सो तालीमलाई सहयोग गरेको हो ।

बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित सो तालीम महालक्ष्मी नगरपालिका, सिद्दिपुर, शान्ति मुल टोलमा २०७४ माघ २९ गते देखि २०७४ फागुन १ गते सम्म भएको थियो । तालीममा उपस्थित महिलाहरुलाई महिला स्वास्थबारे थुप्रै जानकारी दिइएको थियो ।

बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ तथा नहुदाका संस्थापक अध्यक्ष डा. दिनेश राज शर्माबीच चेक हस्तान्तरण कार्यक्रम भएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL