Logo

ग्लोबल आइएमईको ७०औँ शाखारहित बैंकिङ सेवा रुकुममा

ग्लोबल आइएमईको ७०औँ शाखारहित बैंकिङ सेवा रुकुममा


बिजखबर संवाददाता
0
Shares

काठमाडौंं । ग्लोबल आइएमई बैंकले आफ्नो ७० औं शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बुधबारदेखि रुकुमको सानीभेरीमा उक्त शाखरहित बैंकिङ सेवाको सुरुवात गरेको हो ।

बैंकले सो शाखारहित बैंकिङ सेवाको प्रतिनिधिमा स्थानिय जीवन खड्कालाइ नियुक्त गरेको छ ।

कृषि र रेमिटान्स मुख्य आयस्रोत रहेको क्षेत्रका बासिन्दा बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरि बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ सेवा सुरु गरेको बताएको छ ।

बैंकले हाल ११५ शाखा, १२७ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर ७० शाखा रहित बैंकिङ सेवा मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

यसका साथै बैंकले अष्ट्रेलिया, बेलायत र भारतमा सम्पर्क कार्यालयको स्थापना गरी अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ, मोबाइल बैंकिंङ, इन्टरनेट बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।

त्यसैगरी मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइनलगायत मुलुकबाट रेमिटान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL