Logo

अर्थमन्त्रीका सल्लाहकार खरेलले भने, ‘झोलामा कृषि खेती गर्ने र कोल्ड स्टोर बोकेर अनुदान लिनेका दिन गए’

अर्थमन्त्रीका सल्लाहकार खरेलले भने, ‘झोलामा कृषि खेती गर्ने र कोल्ड स्टोर बोकेर अनुदान लिनेका दिन गए’



काठमाडौं । अर्थमन्त्रीका आर्थिक सल्लाहाकार डा. रामशरण खरेलले झोलामा कृषि खेती गर्ने र झोलामै कोल्ड स्टोर बोकेर कृषि अनुदान लिनेको दिन सकिएको बताए । ‘केही समय अघिसम्म कृषकको नाममा झोलामा कागजपत्र बोकेर कृषि अनुदान लिँदै आएका थिए,’ नेपाल बुद्धिजिबी संगठनद्वारा आयोजित बजेट कार्यान्वयन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले भने, ‘आगामी आर्थिक बर्षको बजेटले कागजी प्रक्रिया पुरा गरेर अनुदान लिनेको बाटो बन्द गरिदिएको छ ।’ काम गरेपछि मात्र अनुदान पाईने भएकाले पनि अबका दिनका कृषिमा दिईएको अनुदानको सहि सदुपयोग हुने उनको दावी थियो ।

आगामी आवको बजेटले आर्थिक विकासको स्पष्ट रेखा तय गरेको जानकारी दिँदै ३ बर्ष भित्रमा दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने समेत उनले जानकारी दिए । पछिल्लो समय केही जनभावना अनुरुपको बजेट ल्याएको उनको दावी थियो । ‘अहिले केही तत्वहरु सरकारले बढी पपुलर हुन खोज्यो भन्दै बृद्धा भत्ता बढाएको विषयलाई लिएर बदनाम गर्न खोजिरहेका छन्,’ उनले भने, ‘हामीले चुनावमै ५ बर्षमा बृद्धा भत्ता ५ हजार पुर्याउने छौ भनेर चुनावी ऐजेण्डा लिएर गएका थियौं तसर्थ जनताले अनुमोदन गरेकै कुरालाई हामीले कार्यान्वयनमा ल्याएका हौं ।’ साथै ५ बर्षमा वृद्धाभत्ता बढाएर मासिक ५ हजार पुर्याइने समेत उनले जानकारी दिए ।

अहिले केही अर्थविदहरुले साढे ८ प्रतिशतको तत्वहरु सरकारको राम्रो काम देखेर अतालिएको जानकारी दिँदै सरकारले

आर्थिक वृद्धि महत्वकाक्षी भएको बताएपनि आफुहरुले तथ्याङ्कमा आधारित भएर उक्त लक्ष्य लिएको उनको भनाई थियो ।

कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश मोरले बजेट कार्यान्वयनका लागि सरकारले निजी क्षेत्रसँगको सहकार्यमा संयन्त्र बनाएर अघि बढ्नुपर्ने बताए । अहिले राजस्वमा निजी क्षेत्रको योगदान ७६ प्रतिशतभन्दा बढी रहेको जानकारी दिँदै सोही अनुरुप निजी क्षेत्रलाई इज्जत दिनुपर्ने समेत उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL