Logo

कृषकलाई घरदैलोमै पुगेर नयाँ प्रविधिको जानकारी दिन प्रमकोको निर्देशन, प्रविधि विनाको कृषि अधुरो

कृषकलाई घरदैलोमै पुगेर नयाँ प्रविधिको जानकारी दिन प्रमकोको निर्देशन, प्रविधि विनाको कृषि अधुरो



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका किसानहरुलाई उनीहरुकै घरदैलोमा पुगेर कृषि सम्बन्धी नयाँ प्रविधिको बारेमा जानकारी दिनुपर्ने बताएका छन । विश्वमा कृषि क्षेत्र धेरै अघि बढिरहेको जानकारी दिँदै उनले नेपाल कृषिप्रधान देश भएपनि सोहीअनुसार कृषिमा प्रविधिको कमी भएका कारण पुरानै प्रविधिले नेपाललाई नै नपुग्ने अवस्था सिर्जना भएको बताएका हुन ।

उनले विश्वका प्रायःजसो देशमा २ प्रतिशत जनसंख्या कृषि क्षेत्रमा लागेर आफ्नो देशलाई भरपुर मात्रामा उत्पादन गर्दै बाहिर निर्यात गर्ने गरेको र नेपालको २ तिहाई जनसंख्या कृषिमा लागेपनि देशलाई नै अपुग भएकोमा हिनताबोध व्यक्त गरे ।

नेपालमा रहेको कृषि क्षेत्रमा देखिएको समस्या हटाउन विश्वमा हाल रहेको नयाँ प्रविधि तथा नयाँ विज्ञानलाई नेपालमा भित्र्याउनु आवश्यक रहेको उनको भनाई थियो । साथै किसानलाई उक्त प्रविधिको बारेमा ज्ञान दिन पनि उत्तिकै जरुरी रहेको बताएका छन । नेपालका कृषकको समस्यालाई सुन्ने प्रवृत्ति धेरै कम रहेको बताउँदै अहिलेको सरकारले कृषकका समस्याको सुनुवाई गर्नका लागि आवश्यक क्रियाकलापहरु गर्ने बताएका छन ।

बिहीबार सार्क राष्ट्रका किसानको आय दोब्बर गर्ने सम्बन्धी अन्तरराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले आफु जुनसुकै देशको भ्रमणमा गएको बेला उक्त देशका कृषि विश्वविद्यालयहरुको अवलोकन गर्ने गरेको बताउँदै सोही अनुसारको नयाँ प्रविधि र विश्वविद्यालय नेपालमा पनि आवश्यक रहेको जानकारी दिए । उनले नेपाल लगायत सार्क राष्ट्रका अन्य देशका कृषकको आय दोब्बर बनाउन कृषिमा नयाँ प्रविधि तथा विज्ञानको विकल्प नभएको बताएका हुन ।

काठमाडौंमा आयोजित उक्त सम्मेलन ४ दिनसम्म चल्नेछ । जसमा सार्क अन्तरगतका राष्ट्रहरुका कृषक, बैज्ञनिक तथा अन्य समालोचकहरुले ६१ ओटा परिपत्र प्रस्तुत गर्नेछन ।

प्रतिक्रिया दिनुहोस्
MBL