Logo

अर्थ मन्त्री र इजरायली राजदूतबीच भेट, प्राथमिकतामा आधुनिक कृषि र थ्रीडी प्रिन्टिङ

अर्थ मन्त्री र इजरायली राजदूतबीच भेट, प्राथमिकतामा आधुनिक कृषि र थ्रीडी प्रिन्टिङ



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा र नेपालका लागि ईजरायलका राजदूत बेनी ओमरबीच भेटवार्ता भएको छ ।

राजदूत बेनीले अर्थ मन्त्रीको निजी सचिवालयमा खतिवडासँग भेटवार्ता गरेका हुन् । भेटमा नेपाल र ईजरायल बीचको द्धिपक्षीय हितका विषयमा चर्चा गर्दै ईजरायलले सफलतापूर्वक संचालन गर्दै आएको उच्च प्रविधियुक्त शिक्षा, आधुनिक कृषि प्रणाली र थ्रि डि प्रिन्टिङ आदि जस्ता क्षेत्रहरुमा सहयोगका सम्भावनाको विषयमा छलफल भएको थियो ।

अहिले इजरालयको कृषि प्रणाली विश्वमा नै नमुना बन्न पुगेको छ । उक्त कृषि प्रणालीलाई नेपालमा पनि भित्र्याउने विषयमा छलफल भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । साथै नेपालमा त्यस्तो प्रविधि उपलब्ध गराई बहुसिपयुक्त प्राविधिक जनशक्ती बिकासका लागि नेपालमा सार्वजनिक निजी साझेदारीमा एउटा बहु प्राविधिक संस्था स्थापना गर्न ईजरायलले आवश्यक सहयोग गर्नेे प्रतिवद्धता समेत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL