Logo

लक्ष्यभन्दा ९४ हजार क्विन्टल कम धान खरिद, उत्पादनमा कमि आएसँगै खाद्य संस्थानले पाएन धान

लक्ष्यभन्दा ९४ हजार क्विन्टल कम धान खरिद, उत्पादनमा कमि आएसँगै खाद्य संस्थानले पाएन धान


रासस
0
Shares

काठमाडौं । नेपाल खाद्य संस्थानले लक्ष्यभन्दा कम धान खरिद गरेको छ । खाद्य संस्थाले चालू आर्थिक बर्षका लागि २ लाख ७६ हजार क्वीन्टल धान खरिद गर्ने निर्णय गरेकोमा जम्मा १ लाख ८१ हजार ३ सय ६ क्वीन्टल धान खरिद गरिएको संस्थानका विभागीय प्रमुख श्रीमणिराज खनालले जानकारी दिए ।

उनका अनुसार कृषकबाट धान नआएकोले लक्ष्यभन्दा ९४ हजार क्वीन्टल कम धान खरिद भएको हो । संस्थानले धनगढीबाट ४४ हजार ६ सय १७ क्वीन्टल, राजापुरबाट १ हजार ९ सय ४६ क्वीन्टल महेन्द्रनगरबाट १ हजार १ सय ८८ क्वीन्टल खरिद गरेको हो । यसका साथै विभागले नेपालगञ्जबाट १३ हजार १ सय ८ क्वीन्टल, लहानबाट ५६ हजार ७ सय ५२ क्वीन्टल, जनकपुरबाट ४ हजार १ सय ५४ क्वीन्टल , वीरगञ्जबाट २९ हजार ९ सय ९८ क्वीन्टल, विराटनगरबाट ९ हजार ९ सय ९५ क्वीन्टल र विर्तामोडबाट १९ हजार ५ सय ७८ क्वीन्टल धान खरिद गरेको छ ।

विभागीय प्रमुख खनालले गत मंसिरदेखि धान खरिद गर्दै आइरहेकामा अहिले पनि खरिदका लागि खुला राखिएको जानकार दिए । संस्थानले मोटो धान प्रतिक्वीन्टल १ हजार ९ सय ५० रुपैयाँ मध्यम २ हजार, मसिनो सोना २ हजार ३ सय ७५ देखि ३ हजार १ सय सम्म, जीरा धान २ हजार ५ सय २५ देखि ३ हजार २ सय सम्म मूल्य राखेको थियो ।

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित खरिद समितिले नै धानको मूल्य निर्धारण गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL