Logo

प्रधानमन्त्रीको उद्घोष, देश विकासका लागि सहकारीको विकल्प छैन

प्रधानमन्त्रीको उद्घोष, देश विकासका लागि सहकारीको विकल्प छैन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासका लागि सहकारीको विकल्प नभएको बताएका छन ।

ओलीले दोस्रो सहकारी महासम्मेलनलाई सम्बोधन गर्दै सहकारीलाई वेवास्ता गरेर देशले आर्थिक छलाङ मार्न नसक्ने भन्दै सहकारी मार्फत नै आर्थिक सम्बृद्धि हासिल गर्न सकिने बताए । साथै सरकारले पनि सहकारीलाई उच्च प्राथमिकतामा राखेका बताएका छन ।

अर्थतन्त्रलाई अघि बढाउन सहकारीले प्राकृतिक स्रोत, साधनको सहि सदुपयोग गर्नु पर्ने बताएका छन । जग्गा खण्डीकरण र प्लटिङ गर्नाले कृषि उत्पादन खस्कदै गएको, खण्डीकरण भएको जग्गा जमिन एकीकृत गरी सहकारी मार्फत उत्पादनमा जोड दिनु पर्ने ओलीले बताएका छन । ‘कृषिको आधुनिकरण, व्यवसायिकरणका लागि राज्यले उचित सहयोग गर्ने, आर्थिक उत्पादानमा सहकारीको भूमिका बढाउन, योजना र प्रतिवद्वता सहित आउनुहोस्, सरकार सहजिकरण गर्न तयार छ,’ उनले भने । साथै सहकारीमार्फत देशको मुहार फेर्न सकिने भन्दै सहकारीको कार्यदिशा स्पष्ट हुनु पर्ने तथा सहकारीले सदस्यको जीवनस्तर उकास्न मुख्य भुमिका खेल्नु पर्नेमा जोड दिएका छन । संयुक्त राष्ट्र संघले अघि सारेको दीगो विकास लक्ष्य प्राप्तिका लागि सरकार कटिबद्व भएको बताएका छन ।

कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक लोकतन्त्र बलियो नभएसम्म राजनीतिक अर्थतन्त्र बलियो हुन नसक्ने बताएका छन । ‘हामी सहकारीलाई साथमा लिएर देश विकासमा जुट्न क्रियाशील भएका छौं,’ अर्थमन्त्री खतिवडाले भने । खाद्य, स्वास्थ्य, उर्जा, र श्रम व्यवस्थापनमा सहकारीले सशक्त योगदान दिन सक्ने बताउँदै सहकारी–नीजि, सहकारी सार्वजनिक र नीजि–सहकारी अवधारणमा देश अघि बढ्ने बताएका छन ।

प्रत्येक वर्ष ५ लाख युवाहरु श्रम बजारमा आउने गरेपनि अधिकांश युवाहरु विदेशिन वाध्य भएको छ । ‘अब प्रत्येक वर्ष १० लाख युवाले नेपालमै रोजगारी पाउने गरी सहकारीले लगानी गर्नु पर्ने बताएका छन ।

सहकारी ऐनमा कमीकमजोरी भए संशोधन गर्दै अघि बढ्ने प्रतिवद्वता व्यक्त गर्दै सदस्य नचिन्ने सहकारी आवश्यक नभएको खतिवडाको भनाई थियो । ‘संस्थाको ब्यालेन्स बढ्दै जाने तर सदस्यको आर्थिक स्थिती खस्किने प्रवृति अन्त्य हुनुपर्छ,’ उनले भने, ‘सहकारीले बिमा गर्न नहुने तर ‘सदस्यकोे सुरक्षणका लागि नयाँ ढंगले सोच्नुहोस्, सरकार सहिजकरण गर्न तयार छ’ खतिवडाले भने ।

प्रतिक्रिया दिनुहोस्
MBL