Logo

दोश्रो अन्तरराष्ट्रिय कृषि मेला शुरु, १२२ राष्ट्रका कृषिजन्य उत्पादन प्रदर्शन

दोश्रो अन्तरराष्ट्रिय कृषि मेला शुरु, १२२ राष्ट्रका कृषिजन्य उत्पादन प्रदर्शन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ‘जलवायुमैत्री खेती,समृद्दीको लागि बाख्रा, सम्पन्न देशको सान, किसानको लागि प्रविधी’ मुल नाराका साथ दोश्रो अन्तराष्ट्रिय कृषि प्रर्दशनी बिहीबारदेखि सुरु भएको छ ।

कृषिमा आधुनिकिकरण गर्ने उद्देश्यले आयोजना गर्न लागेको यस मेलामा नेपाललगायत १२२ देशको सहभागिता रहको आयोजक सिजल भटराईले जानकारी दिएका छन । १२२ वटा स्टल रहने यस मेलामा महेन्द्र कम्पनि, सोनालीलगायतका कम्पनीहरुको सहभागिता रहेको छ ।

मेलामा कृषकहरुका लागि हाते टयाकटर, धान कोदो गंहु पिध्ने मेसीनलगायत अन्य कृषि औजारहरु रहेका छन ।
गत बर्षको कृषि मेलामा करिब ५२ हजार जनाले अवलोकन गरेकोमा यस वर्ष अवलोकनकर्ताको संख्या बढ्ने आयोजकको दाबी छ ।
गत वर्षमा एउटै कम्पनिको १०, १५ ओटा सम्म टयाक्टर विक्री भएको थियो ।

त्यसो त मेलामा आउने अवलोकनकर्तापनि नयाँ नयाँ कृषि सामग्री हेर्न पाएकोमा खुशि छन् । मोबाईलमा अन्तरराष्ट्रिय कृषि मेला हुने भनेर सुचना पाएर हेर्न आएको रामेछापका पूर्ण श्रेष्ठ धेरै उपयोगी सामाग्री रहेको तथा आफुले पनि टयाक्टर तथा कम्बाईन मिल खरिद गरेको बताउँछन् ।

कृषकहरु पछिल्लो समय कृषिजन्य मेसिनतर्फ आकर्षित हुनथालेका छन् । ‘गाउँमा गोरु पाल्न पनि छोड्यो, मान्छे पाउन पनि’ उनी भन्छन् ‘ खेतबारी बाँजै राख्ने कुरा भएन त्यसैले अहिले त मेसिनकै भर पर्नुपरेको छ ।’

फ्युचर एक्स ग्रुप मिडियाको मुख्य आयोना तथा प्रधानमन्त्री आधुनिक कृषि परियोजनाको सह आयोजक रहेको यस मेला ४ दिन सम्म चल्ने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL