Logo

कृषि उत्पादनमा पाँच बर्षयताकै वृद्धि, धानको उत्पादन २२ प्रतिशतले बढ्यो

कृषि उत्पादनमा पाँच बर्षयताकै वृद्धि, धानको उत्पादन २२ प्रतिशतले बढ्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपालले कृषि उत्पादनमा गत आर्थिक बर्ष २०७३/७४ मा विगत पाँच बर्षयताकै वृद्धिदर हासिल गरेको छ । कृषि मन्त्रालयका अनुसार गत आर्थिक बर्षमा नेपालको कृषि उत्पादनको वृद्धिदर ५.२५ प्रतिशत पुगेको हो । आर्थिक बर्ष २०७२/७३ मा कृषिको वृद्धिदर १.९ प्रतिशतमात्र थियो ।

धान, मकै, गहुँ जस्ता खाद्यान्नको उत्पादनमा आएको सुधारले समग्र कृषि क्षेत्रकै उत्पादन बढाएको कृषि मन्त्रालयले जनाएको छ । गत आवमा धानको मात्रै उत्पादन २१.६६ प्रतिशतले बढेर ५२ हजार ३० लाख टन पुगेको तथ्याङ्क छ । त्यस्तै मकैको उत्पादन १.२५ प्रतिशतले बढेर २२ लाख ५९ हजार टन पुगेको छ । कृषि क्षेत्रले गत आवमा कुल गार्हस्थ्य उत्पादनमा २९.४ प्रतिशत योगदान पुर्याएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

कृषि मन्त्रालयका अनुसार अहिले कृषिमा आधारीत जनसङ्ख्या करिब ६० प्रतिशत पुगेको छ । सरकारले चालु आर्थिक बर्षका लागि कृषि क्षेत्रमा २४ अर्ब २६ करोड रुपैयाँ विनियोजन गरेको छ ।

विगत पाँच बर्षको कृषि उत्पादन

प्रतिक्रिया दिनुहोस्
MBL