Logo

साउथ एशियामा कृषि बीमाको कुशल अभ्यास’कार्यशाला शुरु, ‘कृषि बीमाको क्षेत्र बढ्दैछ’:बिज्ञ

साउथ एशियामा कृषि बीमाको कुशल अभ्यास’कार्यशाला शुरु, ‘कृषि बीमाको क्षेत्र बढ्दैछ’:बिज्ञ


रक्षा रेग्मी
27
Shares

काठमाडौंमा ‘साउथ एशियामा कृषि बीमाको कुशल अभ्यास’ बिषयक दुई दिने कार्यशाला शुरु भएको छ । आइतबार देखि सुरु भएको कार्यशालाको कृषि विभाग, आईआईडिएस र आईएफपिआरआईले संयुक्त रुपमा सञ्चालन गरेको हो ।

एशियाली मुलुकहरुमा कृषि बीमा सञ्चालन तथा यसमा देखिएका समस्याहरुको विषयबारे छलफल गर्न कार्यशाला आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । कार्यशालाको कृषि विकास मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईले उद्दघाटन गरे ।

सो अवसरमा उनले नेपालमा कृषि बीमाको क्षेत्र बढ्दै गएको जानकारी दिए ।
‘कृषकहरुलाई आर्थिक रुपमा सक्षम बनाउन र व्यवसायिक कृषिमा प्रोत्साहित गर्नका लागी कृषि बीमाको सञ्चालन गरिएको हो’ उनले भने ।

कार्यक्रममा बीमा समितिका अध्यक्ष प्रा.डा. फत्त बहादुर केसीले कृषि बीमामा विभिन्न समस्या भएकै कारण यसको माग पनि बढ्न नसकेको बताए । यद्यपी आगामी दिनमा भने यसको दायरा बढ्दै जानेमा आफु विश्वस्त रहेको समेत बताए ।

कार्यशालामा विभिन्न मुलुकका बीमा विज्ञहरुको उपस्थिति रहेको छ । सोमबारसम्म चल्ने कार्यशालामा साउथ एशियामा कृषि बीमाको कुुशल अभ्यास, कृषि बीमाको केश स्टडी, नेपालमा कृषि बीमाको अवस्था, नेपालमा कृषि बीमाका नीति, समस्या र यसको निकासको विषयमा छलफल तथा कार्यपत्र प्रस्तुत गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL