Logo

कोरोना र विषादी परीक्षण गरेर मात्र भारतबाट फलफुल तथा तरकारी आयात गर्न सरकारलाई सर्वोच्चको आदेश

कोरोना र विषादी परीक्षण गरेर मात्र भारतबाट फलफुल तथा तरकारी आयात गर्न सरकारलाई सर्वोच्चको आदेश



काठमाडौं । सर्वोच्च अदालतले अबका दिनमा फलफुल तथा तरकारीमा विषादी र कोरोना परीक्षणा गरेर मात्र आयात गर्न आदेश दिएको छ ।

laxmi


सर्वोच्च अदालतले आज सरकारको नाममा अन्तरिम आदेश जारी गर्दै अबका दिनमा भारत लगायत अन्य मुलुकबाट तरकारी तथा फलफुल आयात गर्दा विषादी र कोरोना परीक्षणा गरेर मात्र आयात गर्न निर्देशन दिएको हो ।

यस अघि पनि सरकारले विषादी परीक्षण गरेर मात्र फलफुल तथा तरकारी आयात गर्न सुरु गरेको थियो । तर पुनः भारत सरकारको आग्रहमा सरकारले विषादी परीक्षणलाई रोकेको थियो ।

तर आज अधिवक्ता मणिराम उपाध्याय लगायत १५ जना अधिवक्ताहरुले दिएको रिट निवेदनमाथी सुनुवाई गर्दै सर्वोच्चले अबका दिनमा विषादी र कोभिड १९ परीक्षण नगरीकन भारत लगायत अन्य मुलुकबाट तरकारी र फलफुल आयात नगर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको हो ।

यसैगरी सर्वोच्चले स्वदेशभित्रै उत्पादित तरकारी तथा फलफुलको समेत विषादी र कोभिड १९ परीक्षण गरेर बिक्री वितरण गर्न आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL