Logo

रेमिट्यान्स सम्वन्धी अन्तरक्रिया सम्पन्न, उत्पादनमुलक क्षेत्रमा खर्च गर्न सुझाव

रेमिट्यान्स सम्वन्धी अन्तरक्रिया सम्पन्न, उत्पादनमुलक क्षेत्रमा खर्च गर्न सुझाव


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

२२ असार,काठमाडौं । ‘रेमिटेन्समा सहकारीको भूमिका विषयक १ दिने तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आईएमई को–अपरेटिभ सर्भिस लिमिटेड काठमाण्डौंको आयोजना तथा आईएमई लिमिटेड र आईएमइ अटोमोटिभको सह–आयोजना रहेको सो कार्यक्रममा ७५ जिल्लाबाट १/१ वटा सहकारी संस्थाका प्रतिनिधिको सहभागिता थियो ।

पोखराको ग्राण्ड होटल बिरौटामा आयोजित कार्यक्रममा  संस्थाका कार्यकारी प्रमुख अर्जुन पौडेल शर्माले नीति नियमको परिधि भित्र रही नेपालभरका सहकारी संस्थाहरुसँग  रेमिटान्स कारोबारमा सहकार्य गर्दै जाने प्रतिवद्धता व्यक्त गरे ।

साथै संस्थाका अध्यक्ष योगेश्वर  ढकालले संस्थाको अनुत्पादक क्षेत्रमा खर्च गर्ने बानीलाई नियन्त्रण गर्न सकियोस भन्ने लक्ष्य रहेको बताए) । साथै हालसम्म १२ सय सहकारीले आवद्धता गर्न पत्राचार गरेकोमा ६ सयले आवद्धता लिई सकेको तथा बाँकी लिनेक्रममा रहेको बताए ।  आगामी बर्ष पनि यस कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

सो अवसरमा ग्लोबल आईएमई बैकका अध्यक्ष चन्दप्रसाद ढकालले आईएमईले १५ बर्ष पहिलादेखी सुरु गरेको रेमिटान्स कारोेबार विश्वभर फैलिएको बताए ।  नेपालमा बैंक वित्तिय संस्था र व्यक्तिहरुलाई एजेन्ट प्रदान गरी रेमिटान्स कारोबार गराउ“दै आएकोमा सहकारी संस्थाहरु शहर देखी गाउ“गाउ“ सम्म खोलिएका र यस्तो संस्था हज्जारौ भएकोले गत बर्षदेखि १ गाउ“ १ लागु गरिएको सहकारीमा आईएमई को कारोबार भन्ने अभियानका साथ कार्यक्रम बढाईएकोमा गतबर्ष देखी आईएमई को–अपरेटीभ सर्भिस लि.को सहकार्यमा देशभरका सहकारीहरुलाई सव एजेन्टको रुपमा आवद्धता गराई कारोबार गर्ने लक्ष लिएको रहेको जानकारी दिए ।

रेमिटान्सबाट आएको रकमलाई सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुलाई उत्पादनमूलक क्ष्ँेत्रमा लगानी गर्न प्रोत्साहित गर्नुपर्ने आवश्यकता औल्याए ।
आइएमई समुहले किसान,व्यवसायी एवं संघ संस्थाहरुलाई आवश्यक पर्ने उत्कृष्ट ब्राण्डका सामे ट्रयाक्टर, अशोक लिल्याण्डका पिकअप, ट्रकका साथै मोटरसाईकलहरु, लोडर, एक्साभेटर आदि उपभोक्तँ माझ ल्याईसकेको समेत जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL