Logo

कृषि बिभागले जिल्ला शाखा सँग स्काइपमा कुरा गर्ने

कृषि बिभागले जिल्ला शाखा सँग स्काइपमा कुरा गर्ने


रामराजा श्रेष्ठ
0
Shares

कृषि विभागले किसानका समस्या र जिल्ला कृषि विकास कार्यालयको अवस्थाबारे जानकारी लिन जिल्लासँग स्काइप मार्फत कुरा गर्ने भएको छ ।

laxmi

प्रत्यक जिल्लामा पुगेर केन्द्रबाट अनुगमन गर्न खर्चिलो र झन्झटीलो हुने भएकाले यस्तो उपाय अपनाइएको विभागका महानिर्देशक युवकध्वज जीसीले जानकारी दिए ।  यसको संयोजन गर्ने जिम्मा विभागका उपसचिव शेषमणी भट्टराईलाइ दिइएको छ । कृषिलाई आईसीटीमा लैजाने योजनाअनुसार कुनै पनि बेला जुनसुकै जिल्लामा  छड्के अनुगमन शैलीमा स्काइपबाटै आकस्मिक कुरा गर्ने महानिर्देशक जीसीले बताए ।

जिल्ला कृषि कार्यालयका प्रमुख तथा आधिकारीक कर्मचारीहरुसँग नियमित रुपमा सम्पर्क गर्न, सुचना आदानप्रदान, कार्यसम्पादनका बारे जानकारी लिन र अनुगमन गर्न यस्तो  प्रबिधिको प्रयोग गर्न लागिएको हो ।  बालीनालीको अवस्था, रोग, उत्पादन, प्राकृतिक विपत्तिबाट हुने क्षतिको विवरण संकलन गरी केन्द्रमा पुर्‍याउने परम्परा सुस्त रहेको औंल्याउँदै स्काइपबाट हुने दोहोरो संवादले किसानलाई सल्लाह सुझाव र सेवा दिन सजिलो हुने  बिभागको दावी छ ।

 

प्रतिक्रिया दिनुहोस्
MBL