Logo

एक करोड लगानीमा पेप्सीकोलामा खुल्यो तरकारी बजार, शाखा विस्तारको योजना

एक करोड लगानीमा पेप्सीकोलामा खुल्यो तरकारी बजार, शाखा विस्तारको योजना


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१६ माघ काठमाडौं । काठमाडौंमा १ करोड रुपैयाँको लागनीमा तरकारी बजार खुलेको छ । पेप्सीकोलास्थित पुरानो सिनामंगलमा तरकारी तथा फलफूल बजार खुलेको हो ।

खोटाङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष रुद्र गिरीले झन्डै १ रोपनी जग्गामा आधुनिक ‘हलेसी एग्रो मार्केट’ सञ्चालन गरेका हुन । ‘हामीले सीधै किसानसँग किने ल्याउने भएकाले हलेसी एग्रोमा उपभोक्ताले सस्तोमा सागसब्जी, फलफूल तथा माछामासु किन्न सक्नेछन’ प्रबन्ध निर्देशक गिरीले भने । बजारमा होलसेल तथा खुद्रा दुबैको कारोबार गरिने उनले जानकारी दिए । उक्त तरकारी बजारमा २७ जनाले रोजगारी पाएका छन ।

गिरीका अनुसार उक्त तरकारी बजारले अग्र्यानिक र नेपालको आन्तरीक उत्पादन मात्रै बिक्री गर्ने छ । निकट भविष्यमै राजधानीका विभिन्न स्थानमा शाखा स्थापना गर्ने योजना रहेको उनले बताए।

halesi-vegitable

उक्त मार्केटको उद्घाटन शुक्रबार व्यवस्थापिका संसदको शुसासन समितिका सभापति शेरधन राई र नेपाल राष्ट्र बैंकका प्रवक्ता मनमोहनकुमार श्रेष्ठले संयुक्तरुपमा गरेका छन ।

सो अवसरमा सभापति राईले उपभोक्तालाई सस्तो मुल्यमा गुणस्तरीय सागसब्जी उपलब्ध गराउने उद्देश्यले स्थापना भएका यस्ता बजारको विकासमा सबैले जोड दिनुपर्ने बताए ।

‘रुद्रजीले किसानलाई आधुनिक र संगठित बनाउँदै उपभोक्तालाई स्च्छ सागसब्जी उपलब्ध गराउने रचनात्मक कामको सुरुवात गर्नुभएको छ’ उनले भने– ‘उहाँको कामको जति तारीफ गरे पनि कम नै हुन्छ ।’
राष्ट्र बैंकका प्रवक्त मनमोहनकुमार श्रेष्ठले हलेसी एग्रो नमुना भएको बताए । उनले राष्ट्र बैंकले बैंकहरुलाई कृषिलगायतका उत्पादनशील क्षेत्रमा कर्जा विस्तार गर्न दबाब दिइरहेको उल्लेख गर्दै कृषि क्षेत्रमा व्यवसायीहरुको प्रवेस भयो भने मात्रै कर्जा बढ्ने बताए ।

सरकारले ६ प्रतिशतमै कृषि कर्जा पाइने व्यवस्था गरिसकेकाले यो सुविधाको लाभ लिन कृषकलाई आग्रह गरे ।

औद्योगिक व्यवस्थापन लिमिटेडका महाप्रबन्धक कल्याण रोकाले हलेसी एग्रो स्थापनाले नेपालमा अबसर पाइएन भन्दै विदेश जाने नेपालीहरुलाई पाठ सिकाउने बताए ।

‘देशमा काम गर्न लजाउने तर विदेशमा जुनसुकै काम पनि गर्ने नेपालीहरुलाई कृषिको आधुनिकिकरण र व्यवसायीकीकरण गर्न सके नेपालमै मनग्ये कमाउन सकिन्छ भन्ने सन्देश दिएको छ’ रोकाले भने ।
ठूलो सोचका साथ नभई उपभोक्तालाई स्वच्छ सागसब्जी उपलब्ध गराउने उद्देश्यले बजारको स्थापना गरिएको प्रबन्ध निर्देशक गिरीले जानकारी दिए ।

बजारमा लोकल कुखुरा, ब्रोइलर कुखुरा, खसी, हाँस, बट्टाई, माछालगायतको ताजा मासु उपलब्ध छ । सरकारी मापदण्ड पूरा गरेको बधशाला पनि निर्माण गरिएको छ ।

त्यसैगरी, साँगामा आफैंले उत्पादन गरेका र स्थानीयले उत्पादन गरेका विभिन्न किसिमका सागसब्जी बजारमा बिक्री वितरण गरिने गिरीले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL