Logo

अदुवा निकासी नरोक्न भन्दै दूतावास पुगे व्यवसायी, निर्वाध निर्यातका लागि आग्रह

अदुवा निकासी नरोक्न भन्दै दूतावास पुगे व्यवसायी, निर्वाध निर्यातका लागि आग्रह


बिजखबर संवाददाता
0
Shares

नेपालबाट हुने अदुवाको निकासीमा भारतले एक्कासी रोक लगाएपछि कृषक तथा व्यवसायी चिन्तित बनेका छन् । भातरले नेपाली अदुवामा विषधि धेरै भएको तथा मिसावट पनि रहेको भन्दै यसै सातादेखि निकासीमा रोक लगाएको हो । सिजनकै बेला नेपाली अदुवामा प्रतिबन्ध लगाएपछि व्यवासयीहरु काठमाडौंस्थित भारतीय राजदूतावासमा पुगेका छन् । त्यहाँ पुगेर उनीहरुले निकासी प्रतिबन्ध तत्काल फुकाउन आग्रह गरेका छन् ।

नेपाली कृषक तथा व्यवसायीले शुक्रवार भारतीय पक्षलाई भेटेर नेपालबाट भारततर्फ हुने अदुवाको निकासी नरोक्न पक्षसँग आग्रह गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघकी  वरिष्ठ उपाध्यक्ष भवानी राणाको नेतृत्वमा गएको उद्यमी व्यवसायीको टोलिले भारतीय राजदुतावासका पदाधिकारीलाई निर्वाध निकासीको व्यवस्था गर्न आग्रह गरेका हुन् । भेटमा महासंघको कार्यकारिणी समितिका सदस्य एवं नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघका अध्यक्ष नरेन्द्र कुमार खड्का र कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष शंकर बोगटी लगायतको सहभागीता थियो ।

अदुवाको मुख्य सिजनमै भारतले नेपालबाट हुने अदुवाको निकासीमा रोक लगाएपछि नेपालबाट भारतमा अदुवा निर्यात हुन सकेको छैन । प्रतिनिधिमण्डलले भारतीय राजदुतावासका प्रथम सचिव (वाणिज्य) ना. राम प्रसादलाई भेटेर अदुवाको मुख्य सिजनमा भारतीय निकासीमा उत्पन्न समस्याका कारण व्यवसायीहरु मर्कामा परेको बताए । उनीहरुले किसानलाई पर्का पर्ने कार्य नगर्न आग्रह समेत गरे । उनीहरुले पूर्ववत रुपमै निकासीको वातावरण बनाउन भारतीय पक्षलाई आग्रह गरेका छन् ।

प्रतिनिधिमण्डलले धनगढीको नेपाल भारतसीमा नाकादेखि पलियासम्मको राजमार्ग स्तारोन्नतीका लागि समेत आग्रह गरेको वरिष्ठ उपाध्यक्ष राणाले बताइन् । व्यवसायिक उद्देश्य तथा त्यस क्षेत्रका जनताको आवतजावतका लागि अत्यन्त महत्वपूर्ण रहेकाले सो राजमार्गको स्तरोन्नती गरि व्यापार व्यवसायको विस्तार र आवतजावतलाई सहज बनाउन समेत आग्रह गरेको उनले बताईन् ।

प्रतिक्रिया दिनुहोस्
MBL