Logo

सन्दर्भ ब्याजदर पुनरावलोकन गर्न राष्ट्रिय सहकारी महासंघको माग

सन्दर्भ ब्याजदर पुनरावलोकन गर्न राष्ट्रिय सहकारी महासंघको माग



काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सन्दर्भ ब्याजदर हटाउन माग गरेको छ । महासंघले सोमबार एक विज्ञप्ति जारी गर्दै यसले सहकारी क्षेत्रमा प्रतिकुल असर पारेको भन्दै यसको पुनरावलोकन हुनुपर्ने बताएको हो ।

वित्त वजारमा व्याजदरमा उतारचढाव आउदा सहकारी संस्थाका लागि क्यापिंगका रूपमा निर्धारण भएको सन्दर्भ व्याजदरले समेत थप प्रतिकुल अवस्था सिर्जना गरेको महासंघको बुझाई छ ।

यस परिस्थितिमा सन्दर्भ व्याजदरलाई तत्काल पुनरावलोकन गर्नका लागि महासंघले पटक पटक अभियानको तर्फबाट सुझाव पठाउदै आएपनि हालसम्म सुनुवाई भएको छैन ।

तत्काल सन्दर्भ व्याजदर पुनरावलोकनका साथै उक्त सन्दर्भ व्याजदरलाई क्यापिंगको रूपमा नभर्ई वजार अनुरुप स्वचालित रुपमा व्याजदर निर्धारण हुने कानूनी व्यवस्था मिलाउन महासंघल भूमि व्यवस्था सहकारी तथा गरीवी निवारण मन्त्रालय समक्ष माग गरेको छ ।

यस्तै सहकारी संघ/संस्थाको वित्तीय जोखिम न्यूनीकरणका लागि अत्यावश्यक सहकारी कर्जा सूचना केन्द्र, वचत तथा कर्जा सुरक्षण कोषको स्थापना तथा कर्जा असुली न्यायधीकरणको अविलम्व गठनका लागि समेत महासंघले माग गरेको छ ।
पछिल्लो समय वित्तीय अनुसासनका अभावले केही संस्थामा देखिएको समस्यालाई लिएर समग्र सहकारी अभियानप्रति नै अविश्वास सिर्जना भएको छ ।

समग्र अर्थतन्त्रमा आएको प्रतिकुल अवस्थालाई ध्यान दिई संस्था सुसञ्चालनमा जिल्ला, प्रदेश तथा विषयगत केन्द्रिय संघहरू, राष्ट्रिय सहकारी बैंक तथा यस महासंघ क्रियाशिल रहेको महासंघको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL