Logo

‘संसारको स्टार्टअप’ इजरायल, खेतीको लागि प्रविधिमा पनि संसारकै अब्बल

‘संसारको स्टार्टअप’ इजरायल, खेतीको लागि प्रविधिमा पनि संसारकै अब्बल



काठमाडौं । संसारको एक मात्र यहूदी राष्ट्र इजरायल क्षेत्रफलको हिसाबले निकै सानो देश हो । संसारमा यस धर्मका मानिसहरूको कुल जनसंख्या १.४ करोड छ । जसमध्ये करिब ८४ लाख यहूदीहरू इजरायलका मात्र बासिन्दा हुन् ।

चारैतिरबाट गैर–मैत्रीपूर्ण अरब राष्ट्रहरूले घेरिएको इजरायल रक्षा प्रविधिको हिसाबले शीर्ष देशहरूमा पर्छ । धेरै कुरामा इजरायलले रुस र चीनलाई पनि उछिनेको छ । इजरायल रक्षा र पानी प्रविधिमा विश्वको अग्रणी देशहरू मध्ये एक हो । कम जनसंख्याया भएका यहूदी धर्मका मानिसहरूले भने विश्वका विभिन्न क्षेत्रमा आफ्नो झण्डा फहराएका छन् ।

इजरायलीहरुलाई अप्ठ्यारो परिस्थितिमा पनि हरेक क्षेत्रमा अगाडि बढ्ने प्रयास गर्ने नागरिकहरुको रुपमा चिनिन्छ । उद्यमको मामलामा निकै अगाडि छन् । यहूदी उद्यमीहरू विश्वको मूल स्टार्टअप मास्टर हुन् भनिन्छ ।

स्टार्टअप

संसारको स्टार्टअप देश भनेर चिनिन्छ
उद्यमशीलताको हिसाबले विश्वमा तेस्रो
३००० भन्दा बढी हाई–टेक कम्पनीहरू र स्टार्टअपहरू
माइक्रोसफ्ट विन्डोजको एन्टी अपरेटिङ सिस्टम इजरायलमा बनेको हो
अमेरिका, रुस र चीनपछि यहुदी राष्ट्र इजरायलको वायुसेना सबैभन्दा बलियो छ
नवप्रवर्तनको कुरा गर्दा फायरवाल, भ्वाइस मेल, युएसबी फ्ल्याश ड्राइभ र डिजिटल प्रिन्टिङ जस्ता प्रविधि पनि उनीहरूको योगदान हो ।

साइबर सुरक्षा

यस्तै इजरायललाई साइबर सुरक्षा को मास्टर माइण्ड मानिन्छ । अहिलेको विश्वमा साइबर खतराको सामना गर्नु पनि उत्तिकै महत्वपूर्ण छ । यहूदीहरूको साइबर सुरक्षा अभेद्य मानिन्छ । इजरायलको आन्तरिक र बाह्य अभेद्य सुरक्षालाई विश्वले नै प्रशंशा गर्छ । विश्वका ठूला देशहरू नयाँ प्रविधिको विकासमा प्रतिस्पर्धा गरिरहन्छन । यो सूचीमा इजरायल साने राष्ट्र भएपनि निकै अगाडि छ ।

खेतीको लागि प्रविधिमा संसारकै अब्बल

पानीको राम्रो प्रयोगको लागि प्रविधि
समुन्द्रको नुन पानीलाई पिउन योग्य बनाउने प्रविधि
हावाबाट पानी कसरी बनाउने
सानो राष्ट्र भएपनि इजरायलमा २५ वटा कृषि अनुसन्धान केन्द्र छन्
आँपको राम्रो गुणस्तरको लागि प्रविधि ।

प्रतिक्रिया दिनुहोस्
MBL