Logo

सहकारी बैंकले स्थापना गर्यो २ अर्बको तरलता व्यवस्थापन कोष, लगानीयोग्य रकम अभाव हुन नदिने उद्देश्य

सहकारी बैंकले स्थापना गर्यो २ अर्बको तरलता व्यवस्थापन कोष, लगानीयोग्य रकम अभाव हुन नदिने उद्देश्य



काठमाडौं । सहकारी संस्थाहरुमा तरलता (लगानी योग्य रकम) को अभाव आउन नदिन राष्ट्रिय सहकारी बैंकले २ अर्ब रुपैयाँ बराबरको तरलता व्यवस्थापन कोष स्थापना गरेको छ । हालै बसेको बैंकको सञ्चालक समितिको बैठकले सहकारी क्षेत्रको तरलता समस्याको व्यवस्थापनका लागि तत्काल २ अर्ब रुपैयाँ बराबरको कोष स्थापना गर्ने निर्णय गरेको हो ।

बैंक तथा वित्तीय संस्थाहरुमा जस्तै सहकारी क्षेत्रमा पनि तरलताको संकट आउन नदिन बैंकले कोष खडा गर्ने निर्णय गरेको बैंकका अध्यक्ष केबी उप्रेतीले जानकारी दिए । बैंकले कोष परिचालनको लागि कार्यविधिको समेत तयारी गरेको छ । कोभिडको समयमा स्थापना गरिए जस्तै मोडलमा तरलता व्यवस्थापन कोष रहने अध्यक्ष उप्रेतीले बताए ।

उक्त कोषमार्फत तरलता व्यवस्थापनमा समस्या भएका सहकारीलाई छोटो अवधिका लागि निश्चित रकम कर्जा स्वरुप प्रवाह गरिनेछ । यद्यपि, यस्तो कर्जा सदस्य सहकारीमा तरलताको अभाव भएको अवस्थामा अध्ययन गरेर मात्र प्रवाह गरिने अध्यक्ष उप्रेतीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL