Logo

सिजनमै ३ गुणाले बढ्यो तरकारीको मूल्य, लकडाउन खुलेसँगै खपत पनि बढ्यो

सिजनमै ३ गुणाले बढ्यो तरकारीको मूल्य, लकडाउन खुलेसँगै खपत पनि बढ्यो



काठमाडौं । पछिल्लो एक महिनामा नेपालमा तरकारीको मूल्य उल्लेख्य रुपमा वृद्धि भएको देखिन्छ । कालिमाटी तरकारी तथा फलफूल वजार विकास समितिका अनुसार गत जेठ १८ यता स्थानीय काउलीको मूल्य प्रतिकिलो ६० रुपैयाँले बढेको छ ।

सिजनअनुसार कृषकहरुले तरकारी पर्याप्त मात्रामा उब्जाउन नसकेपछि सिजनमै तरकारीको मूल्य बढेको समितिका सूचना अधिकारी विनय श्रेष्ठ बताउँछन् । उनका अुनसार जेठ १८ गते प्रतिकिलो औषतमा २५ रुपैयाँ प्रतिकिलोमा विक्री भईरहेको काउलीको मूल्य हाल बढेर ८५ रुपैयाँ प्रतिकिलो पुगेका हो ।

यस्तै यस अवधिमा आलुको मूल्य औषतमा प्रतिकिलो ५ देखि ८ रुपैयाँले बढेको देखिन्छ भने मसलामा पर्ने अदुवाको मूल्य भने यथावत रहेको देखिन्छ ।

यस्तै काक्रोको मूल्य भने ह्वात्तै घटेको देखिन्छ । कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिका अनुसार एक महिनाको अवधिमा लोकल काक्रोको मूल्य प्रतिकिलो २० रुपैयाँले घटेर ४५ रुपैयाँ पुगेको हो । सिजनअनुसार यसको उत्पादन बढेपछि मूल्यमा ह्रास आएको बताईन्छ ।

यस्तै खुर्सानी, कागतिलगायतको मूल्य घटेको छ भने चिचिन्डो, घिउ सिमी, च्याउलगायतको मूल्यमा उल्लेख्य वृद्धि भएको देखिन्छ । यस अवधिमा डल्ले च्याउको मूल्य मात्रै प्रतिकिलो ९० रुपैयाँले बढेर प्रतिकिलो ३ सय २५ रुपैयाँ प्रतिकिलो पुगेको छ ।

यस्तै पछिल्लो १ महिनामा घिरौला र सागको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको देखिन्छ । पछिल्लो समय जारी निषेधाज्ञा खुकुलो भएसँगै कालीमाटी तरकारी बजारबाट हुने तरकारीको व्यापार पनि बढेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । उनका अनुसार एक हप्ता अघिको तुलनामा तरकारीको व्यापार बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL