Logo

मंगलबारदेखि भद्रपुर विमानस्थल बन्द, विराटनगर विमानस्थलबाट अतिरिक्त उडान

मंगलबारदेखि भद्रपुर विमानस्थल बन्द, विराटनगर विमानस्थलबाट अतिरिक्त उडान



काठमाडौं । भद्रपुर विमानस्थल १० दिनको लागि बन्द हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सो विमानस्थलको धावनमार्गको स्तरोन्नती (कालो पत्रे) गर्नका लागि १० दिनको समय लिएर विमानस्थल बन्द गर्न लागिएको हो ।

सो विमानस्थलको १५ सय मिटर धावनमार्ग मध्य दशैं अगाबै आधाकाम सम्पन्न भए पनि बाँकी काम सम्पन्न गर्न बिमानस्थलनै बन्द गर्नु परेको प्राधिकरण अन्तरगत राष्ट्रिय गौरबको आयोजना प्रमुख प्रदिप अधिकारीले जानकारी दिएका छन ।

अधिकारीका अनुसार दशैं अगाडी सो विमानस्थलमा काम गर्दा गर्मी मौसम भएकाले उडान बन्द नगरी रातीको समयमा काम गरेको भए पनि अहिले सो क्षेत्रको तापक्रम ९० डिग्री भन्दा कम हुने भएकाले उडान बन्द गर्नु परेको हो ।

रातीको समयमा सो क्षेत्रको तापक्रम ९० डिग्री भन्दा कम हुने भएपछि काम गर्न नसकिने भन्दै कात्तिक २६ गतेदेखि मंसिर ५ गते सम्मको लागि सो विमानस्थलबाट हुने सबै उडान बन्द गरिएको प्राधिकरणले जानकारी दिएको छ ।

तर वायुसेवा संचालक संघ नेपालले भने यात्रुहरुको समस्यालाई मध्य नजर गर्दै उक्त विमानस्थलबाट उडान हुने यात्रुहरुलाई बिराटनगर विमानस्थलमा अतिरिक्त उडान भर्ने ब्यवस्था मिलाएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL