Logo

सरकारले भ्रमण बर्ष लक्षित प्याकेज सार्वजनिक गर्दै, पर्यटकिय क्षेत्रमा एकद्धार प्रणाली लागु हुने

सरकारले भ्रमण बर्ष लक्षित प्याकेज सार्वजनिक गर्दै, पर्यटकिय क्षेत्रमा एकद्धार प्रणाली लागु हुने



काठमाडौं । सरकारले भ्रमण वर्षको पूर्व सन्ध्यामा भ्रमण बर्ष लक्षित प्याकेजहरु घोषणा गर्ने भएको छ ।

हाल बिभिन्न क्षेत्रमा विदेशी वा नेपाली पर्यटकहरुलाई प्रवेश शूल्क घटाउन ब्यवसायीहरुले माग गरिरहंदा सरकारले भने भ्रमण बर्ष लक्षित प्याकेजहरु घोषणा गर्ने तयारी गरिरहेको छ ।

सरकारले कुन क्षेत्रमा कस्तो प्याकेज सार्वजनिक गर्ने भनेर छलफल गरिरहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता रुद्र तामाङले जानकारी दिएका छन ।

पछिल्लो समयमा उपल्लो मुस्ताङ, डोल्पालगायतका क्षेत्रमा सरकारले विदेशी पर्यटकलाई महंगो प्रवेश शुल्क लिएको भन्दै सो क्षेत्रका पर्यटन ब्यवसायीहरुले उक्त शुल्क घटाउन सरकारसँग माग गरेको थियो ।

ति क्षेत्रहरुमा सरकारले एकद्धार प्रणाली मार्फत शुल्क उठाउन सकिन्छ वा कतिलाई छुट दिन सकिन्छ भनेर गृहकार्य भईरहेको प्रवक्ता तामाङले जानकारी दिएका छन । अहिले छलफलको चरणमा रहेकाले केही समय पछि सबै जानकारी आउने तामाङले बताए ।

हाल उपल्लो मुस्ताङ भ्रमणका लागि विदेशी पर्यटकले कम्तीमा दुई जनाको समूह बनाएर अध्यागमन विभागलाई ५ सय डलर तिरेर १० दिनका लागि अनुमति लिनुपर्ने व्यवस्था रहेको छ ।

दश दिनभन्दा बढी बस्नुपर्दा कारण खुलाएर प्रतिदिन ५० डलरका दरले अतिरिक्त शुल्क बुझाउनु पर्ने ब्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL