Logo

जिरी स्ट्रिट फुड फेष्टिभल २०७६ को तयारी पूरा, पर्यटन मन्त्री भट्टराईले उद्घाटन गर्ने

जिरी स्ट्रिट फुड फेष्टिभल २०७६ को तयारी पूरा, पर्यटन मन्त्री भट्टराईले उद्घाटन गर्ने



काठमाडौं । पर्यटकिय नगरी दोलखाको जिरीमा ‘जिरी स्ट्रिट फुड फेष्टिभल २०७६’ को सम्पूर्ण तयारी पूरा भएको छ । प्राकृतिक सुन्दरता सगरमाथाको प्रबेशद्वार मानिने जिरीमा पहिलो पटक स्ट्रिट फुड फेष्टिभल २०७६ हुन लागेको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले उद्घाटन गर्ने कार्यक्रम रहेको सो महोत्सव कार्तिक १ गते देखि ३ गते सम्म संचालन हुने छ । सांगितिक प्रस्तुती स्वादिष्ट खाध्यपरिकारको साथमा युवा संजाल जिरीले उक्त महोत्सब आयोजना गर्ने लागेको हो ।

भ्रमणबर्षको पूर्व सन्ध्यामा आयोजना हुने उक्त महोत्सवले जिरीमा थप पर्यटक भित्र्याउन सहयोग पुग्ने संजालका अध्यक्ष केन्द्र ज्योती खडकाले जानकारी दिएका छन । आन्तरिक तथा बाह्य पर्यटकहरुलाई केन्द्रित गरि सो महोत्सवको आयोजना गरेको संजालका अध्यक्ष खड्काले बताए । ३ दिन सम्म चल्ने सो मेलामा करिब ५ हजार भन्दा बढी आन्तरिक पर्यटक भित्र्याउने योजना रहेको छ ।

महोत्सवमा ३० ओटा बिभिन्न खाध्य परिकारका स्टलमार्फत करिब १० लाख बराबरको कारोबार हुने आयोजकको अपेक्षा रहेको छ । जिरेल जातिको प्राचिन थलोको रुपमा रहेको जिरीमा शेर्पा, तामाङलगायतका समुदायहरुको बाहुल्यता रहेको छ ।

यहाँका स्थानीय उत्पादनमा चिज, छुर्पि, चिया, आलु, किवी, ट्राउट माछा रहेका छन । महोत्सबमा आउने आन्तरिक पर्यटकको मनोरोञ्जनको लागि सो क्षेत्रका प्रमुख पर्यटकिय गन्तव्यहरुमा हाईकिङ, जिप सफारी, साईक्लिङलगायतका खेलहरु समेत खेलाईने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL