Logo

रामेछाप विमानस्थलको स्तरोन्नती गर्न सरकारसँग टानको माग, दशैं पछि छलफल गर्ने मन्त्रालयको तयारी

रामेछाप विमानस्थलको स्तरोन्नती गर्न सरकारसँग टानको माग, दशैं पछि छलफल गर्ने मन्त्रालयको तयारी



काठमाडौं । ट्रेकिङ एजेन्सीज एसोसिएशन अफ नेपाल (टान) का अध्यक्ष खुम बहादुर सुवेदीले रामेछाप विमानस्थलको पूर्वधार विकासमा जोड दिनु पर्ने बताएका छन ।

उनले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेसँगको भेटमा सो कुरा बताएका हुन ।

भेटमा सो विमानस्थलबाट पर्यटकलाई बिना झण्झट यात्रा गर्न र पर्यटकको सेवालाई मध्य नजर गर्दै सो विमानस्थलको स्तरोन्नती र पूर्वधारमा जोड दिन अध्यक्ष सुवेदीले आग्रह गरेका छन ।

त्यस्तै रामेछाप लुक्ला उडानलाई प्रभावकारी बनाउन काठमाडौं लुक्ला उडान पूर्णरुपमा बन्द गर्नु पर्ने अध्यक्ष सुवेदीले जानकारी दिएका छन ।

टानका वरिष्ठ उपाध्यक्ष नविन त्रितालले ट्रेकिङ कम्पनीले चलाएको भन्दा व्यक्तिगत अनलाइन बुकिङलाई एयरलाईन्सहरुले प्राथमिकता दिएको भन्दै सो कार्य रोक्न समेत सहसचिव लामिछानेको ध्यानकार्षण गराएका छन ।

त्यस्तै उनले काठमाडौं लुक्ला उडानमा निशुल्क व्यक्तिगत ट्रेकर्सलाई दिने उडान समेत नदिन आग्रह गरेका छन । लामिछानेले भने दशैं पछि समस्याको समाधान संयुक्त छलफल गर्ने बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL