Logo

नेपाल र युएईबीच हवाई सम्झौता, पर्यटन मन्त्री भट्टराई र युएईका अर्थमन्त्री मन्सुरीले गरे हस्ताक्षर

नेपाल र युएईबीच हवाई सम्झौता, पर्यटन मन्त्री भट्टराई र युएईका अर्थमन्त्री मन्सुरीले गरे हस्ताक्षर



काठमाडौं । शनिबार नेपाल र युनाईटेड अरब ईमिरेट्स (युएई) बीच हवाई सम्झौता भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराई र युएईका अर्थ मन्त्री सुल्तान विन सेहद अल मन्सुरीले सो सम्झौतामा हस्ताक्षेर गरेका छन ।

क्यानाडाको मोन्ट्रेल शहरमा रहेको आईकाओको मुख्य कार्यालयमा नेपाल र युएईबीच हवाई सम्झौता भएको संस्कृति पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले जानकारी दिएका छन ।

दुई देशबीचको हवाई सम्झौताले बिगतमा भएका समझदारीलाई अनुमोदन गर्दै थप बलियो बनाएको मन्त्रालयले जनाएको छ । त्यसैगरि अन्तरराष्ट्रिय नियम तथा अनुबन्धनहरुको परिपालना गर्दै दुई देशबीचको हवाई सेवालाई थप सुरक्षित र बिश्वासिलो बनाउन तथा सहयोगको आदान प्रदान गर्न मदत पुग्ने मन्त्रालयको विश्वास रहेको छ ।

त्यस्तै दुई देशबीच भएको सम्झौता पछि हवाई संचालनमा सेवा सुविधामा भंसार सहुलियत, आयकर उपभोग शुल्क तथा समस्या समाधान गर्न सहज हुने आचार्यले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL