Logo

बुद्ध एयरको रेकर्ड, एकै दिन साढे ५ हजारले गरे उडान

बुद्ध एयरको रेकर्ड, एकै दिन साढे ५ हजारले गरे उडान



काठमाडौं । आन्तरिक उडानमा प्रभुत्व जमाउँदै आएको बुद्ध एयरले बिहीबार बर्षकै सबै भन्दा बढी यात्रु बोकेको छ । कम्पनीका अनुसार बिहीबार मात्रै ५ हजार ५ सय ९२ जना यात्रुहरुलाई सेवा दिन सफल भएको छ ।

laxmi

बिहीबार ५ हजार १ सय ७१ जना नेपाली र ४ सय २१ जना विदेशी सहित कुल ५ हजार ५ सय ९२ जनालाई सेवा दिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीले माउण्टेन फ्लाइटसहित बिहीबार १०७ उडान गरेको छ ।

कम्पनीले हाल विराटनगर, जनकपुर, भैरहवा, नेपालगञ्ज, तुम्लिङटार, भरतपुर, धनगढी, सुर्खेत, सिमरा, पोखरालगायतका स्थानहरुमा आन्तरिक उडान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL