Logo

टिम्स कार्ड पुनः प्रयोग नगर्न टानको आग्रह, ३ महिनापछि प्रयोगमा ल्याए सुविधा नपाईने

टिम्स कार्ड पुनः प्रयोग नगर्न टानको आग्रह, ३ महिनापछि प्रयोगमा ल्याए सुविधा नपाईने



काठमाडौं । नेपाल ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) ले प्रयोग गरिसकेको टिम्स कार्ड पुनः प्रयोग नगर्न आग्रह गरेको छ । टानले आफ्ना सदस्यहरुले यसअघि नै उक्त सुचना व्यवस्थापन प्रणाली टिम्स कार्डको प्रयोग गरिसकेकाले पुनः प्रयोग नगर्न आग्रह गरेको हो ।

आईतबार एक सुचना जारी गर्दै टानले केही सदस्य कम्पनीहरुले विभिन्न क्षेत्रको प्रवेशका लागि प्रयोग गरेको टिम्स कार्डलाई अन्नपुर्ण क्षेत्रको प्रवेशका लागि पुनः प्रयोग गरेको भन्दै पुनः प्रयोग नगर्न आग्रह गरेको हो ।

यस्तै टानले एकचोटी प्रयोग भईसकेको टिम्स कार्ड ३ महिनाभित्र प्रयोग गरिसक्न समेत निर्देशन दिएको छ । उक्त टिम्स कार्ड ३ महिनाभन्दा बढी प्रयोगमा ल्याएको खण्डमा टानबाट पाउने सुविधा समेत नदिने जानकारी दिएको छ ।

उक्त टिम्सकार्डमार्फत पर्यटकले औषधोपचार, बीमालगायतका सुविधाहरु पाईने व्यवस्था छ ।


प्रतिक्रिया दिनुहोस्
MBL