Logo

काठमाडौं–जापान हप्तामा पुनः ३ उडान गर्दै निगम, चार्टर उडानको सम्पूर्ण तयारी पूरा

काठमाडौं–जापान हप्तामा पुनः ३ उडान गर्दै निगम, चार्टर उडानको सम्पूर्ण तयारी पूरा



काठमाडौं । केही समय अगाडीदेखि काठमाडौं जापान उडान सुरु गरेको नेपाल वायु सेवा निगमले पुनः हप्तामा ३ उडान गर्ने भएको छ ।

laxmi

भदौको दोस्रो हप्ताबाट यात्रु नभएको भन्दै हप्तामा ३ उडानबाट एक उडान कटौति गर्दै २ मात्र उडान गरेको निगमले अक्टुबर पहिलो हप्ता बाट पुनः ३ उडान गर्ने भएको छ ।

यस अघि काठमाडौं जापान सिधा उडान गरेको निगमले टिकट बेच्न नसके पछि बिहीबार हुने जापान उडान स्थगित गरेको थियो । हाल जापानबाट नेपाल आउने पर्यटकसँगै अन्य यात्रुसमेत बढ्न थाले पछि निगमले हप्तामा ३ ओटै उडान गर्ने भएको हो ।

निगमका प्रबक्ता गणेश बहादुर चन्दका अनुसार हाल नेपालबाट जापान जाने यात्रुको संख्या कमि भए पनि जापानबाट नेपाल आउनेको संख्या २ सय भन्दा माथी रहेकाले हप्तामा ३ ओटै उडान गर्ने तयारी भईरहेको जानकारी दिएका हुन ।

यस अघि मंगलबार र बिहीबारको लागि ३०, ३५ जनाको मात्रै टिकट बुकिङ भए पछि निगमलाई अत्याधिक आर्थिक भार पर्ने भएकाले एक उडान स्थगित गरेको थियो । त्यसतै निगमको वाईडबडी जहाजले जापानको नारिता विमानस्थलमा चार्टर उडान अनुमति पाएसँगै सम्पूर्ण तयारी भईसकेको चन्दले जानकारी दिएका छन ।

उनका अनुसार नेपाली जहाजले नारिता शहरमा चार्टर उडान गर्नको लागि सुमेघ टुर्स एण्ड ट्राभल प्रालिसँग सम्झौता गरेको र त्यसको सम्पूर्ण जिम्मेवारी समेत उसैको हुने छ ।

निगमलाई चार्टर गर्नेले सबै रकम बुझाईसकेकाले कुनै घाटा नहुने चन्दको भनाईरहेको छ । उनले भने, ‘हामीलाई सबै रकम आईसकेको छ । घाटा भए पनि चार्टर गर्नेलाई हुन्छ यसमा हामीलाई कुनै घाटा हुँदैन ।’

निगमको जहाज नारिता शहरमा यही २६ सेप्टेम्बरमा पहिलो उडान हुने छ भने दोस्रो उडान अक्टुबर २ तारिकमा हुने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL