Logo

दशैंका लागि ६० प्रतिशत हवाई टिकट बुकिङ, निगममा देखियो यात्रुको चाप

दशैंका लागि ६० प्रतिशत हवाई टिकट बुकिङ, निगममा देखियो यात्रुको चाप



काठमाडौं । चाडबाड नजिकिएसँगै करिव ६० प्रतिशत हवाई टिकट बुकिङ भईसकेको हवाई कम्पनीहरुले जानकारी दिएका छन् ।

laxmi

नेपाल वायुसेवा निगमले दशैं लक्षित गरेर बिक्री गरेको टिकट करिब ९० प्रतिशत बिक्री भएको निगमले जानकारी दिएको छ । त्यस्तै निगमका सहप्रवक्ता सुलेख मिश्रका अनुसार ग्राउण्डेड रहेको जहाज वाई १२ लगायतका जहाजसमेत दशै लक्षित गरी संचालनमा ल्याउने तयारीमा रहेको छ ।

त्यस्तै सौर्य एयरको करिब ७० प्रतिशत टिकट बिक्री भईसकेको छ भने बुद्ध एयरको ५० प्रतिशतमात्रै टिकट बिक्री भएको बुद्धका मार्केटिङ म्यानेजर रुपेश जोशीले जानकारी दिएका छन ।

तर दशैं लक्षित गरेर हवाई कम्पनीहरुले टिकट बिक्री गरे पनि श्री एयरका प्रवक्ता अनिल मानन्धरले भने सोचे जस्तो टिकट बिक्री नभएको बताएका छन । उनका अनुसार बिभिन्न हवाई कम्पनीहरुले काठमाडौंबाट एक तर्फिमात्रै टिकट बिक्री गर्ने भएकाले अहिलेनै त्यति धेरै टिकट बिक्री हुन नसक्ने बताउँछन ।

दशैंमा हवाई कम्पनीहरुले ३ तहका टिकट बिक्री गर्छन । उनले भने, ‘एक तर्फिमात्रै यात्रुहुने भएकाले हाइलेभलको टिकट बिक्रीहुन गाह्रो छ, सस्तो टिकट कम्पनीले बिक्री गर्न सक्दैनन् ।’

कम्तीमा पनि दशैंमा काठमाडौं बाहिर जाने यात्रुहरुले असोजको १०/१२ गते देखिमात्रै टिकट लिने भएकाले अहिले बजारमा आएको हल्ला जस्तो टिकट बिक्री नभएको उनको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL