Logo

बोर्डको नेपाल चिनाउने फोटोनेपाल वेबसाईट सार्वजनिक, भ्रमण बर्ष २०२० लाई पुग्ला त सहयोग ?

बोर्डको नेपाल चिनाउने फोटोनेपाल वेबसाईट सार्वजनिक, भ्रमण बर्ष २०२० लाई पुग्ला त सहयोग ?



काठमाडौं । नेपाल पर्यटन बोर्डले फोटोनेपाल डट ट्राभल नामक वेबसाइट सञ्चालनमा ल्याएको छ । बोर्डले फोटोमार्फत नेपाल चिनाउने उद्देश्यले उक्त वेबसाईट संचालनमा ल्याएको कार्यकारी अधिकृत दिपकराज जोशीले जानकारी दिएका छन ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सो वेबसाइट मंगलबार एक कार्यक्रमबीच उद्घाटन गरेका हुन । वेबसाइटको शुभारम्भ गर्दै मन्त्री भट्टराईले भ्रमण वर्षको तयारीलाई फोटोनेपाल डट ट्राभलले भ्रमण बर्ष २०२० लाई सहयोग पुग्ने अपेक्षा राखेका छन ।

बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले वेबसाइट सुरु भएसँगै फोटोमार्फत देशको प्रवर्द्धन गर्न बोर्डको अभियान अर्को चरणमा प्रवेश गरेको बताए । फोटोग्राफरका लागि यो वेबसाइट आफ्ना तस्बिर प्रदर्शन गर्ने राम्रो प्लेटफर्म हो ।

विज्ञ तथा वरिष्ठदेखि लिएर नव सिकारुसम्मलाई फोटो देखाउन र प्रतिक्रिया लिन सहज हुने छ । नेपालका विविध फोटोहरु खोज्न सहज हुने छ भने वेबसाइटमा भएको सर्च फिचर प्रयोग गरेर आफूलाई चाहेको फोटो खोज्न सकिनेलगायतका विशेषता रहेका छन ।

यो वेबसाइट दैनिक ५ हजारभन्दा बढीले हेर्न सक्छन् भने दैनिक साइनअप ५० प्लस छ । अहिले वेबसाइटमा एक हजार फोटा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL