Logo

अझै बनेन नेपाल भ्रमण बर्ष सचिवालयको वेबसाईट, निष्क्रिय बन्दै सचिवालय

अझै बनेन नेपाल भ्रमण बर्ष सचिवालयको वेबसाईट, निष्क्रिय बन्दै सचिवालय



काठमाडौं । नेपाल भ्रमण बर्ष २०२० सचिवालयले अझै पनि आफ्नै वेबसाईट निर्माण गर्न सकेको छैन । गत जेठमा सचिवालयको वेबसाईट खोल्दा निजी ट्रेकिङ कार्यालयको वेबसाइट भेटिए पछि बिजखबरले समाचार प्रकाशन गरेको थियो ।

२०२० मा २० लाख पर्यटक भित्र्र्याउने उद्देश्य सहित प्रचार प्रसारको लागि खोलिएको सचिवालयले भ्रमण बर्ष सुरु हुन ४ महिना बाँकी हुँदा समेत आफ्नो वेबसाईट निर्माण गर्न सकेको छैन ।

तर सचिवालयले भने वेबसाईट निर्माण भईसकेको जानकारी दिएको भए पनि सचिवालयले दिएको वेबसाईटमा कुनै सामग्री फेला पार्न सकिएको छैन । सरकारले भ्रमण बर्ष सफल बनाउन २० लाख पर्यटक भित्र्र्याउने उद्देश्यले सचिवालयको स्थापना गरेको थियो । सचिवालयले यस अघि आफ्नो प्रचार प्रसारका साथै आफ्नो आधिकारिक वेवसाईट भन्दै निजी ट्रेकिङ कम्पनीको वेवसाईट राखेको थियो ।

भ्रमणवर्ष सचिवालयको वेवसाईट गलत भएको र प्रचार प्रसारमा नकारात्मक प्रभाव परेको भन्दै बुझ्दा सचिवालयका प्रमुख सुरज बैद्यले सो विषयमा सचिवालयसँग जुध्ने ट्रेकिङ कम्पनीको वेवसाईटलाई निष्कृय बनाउने बताएको थियो । तर हाल सम्म नत उक्त वेबसाईट नै बन्द भयो न त सचिवालयले नै कुनै वेबसाईट निर्माण गरि काम गर्यौ ।

सचिवालयले निर्माण गरेको वेबसाईट २०२० wellcome nepal रहेको छ । तर उक्त वेबसाईट भने संविधान दिबसको अवसरमा उद्घाटन गर्ने सचिवालयले जानकारी दिएको छ । यस अघि सचिवालयले नेपाल पर्यटन बोर्डमार्फतनै काम गर्ने गरि सव डोमेन मार्फत काम गर्ने बताएको थियो ।

सरकारको लक्षलाई वेवास्त गर्दै कहिले आफ्नै वेबसाईट बनाउने त कहिले सव डोमेनमार्फत काम गर्ने भन्दै सचिवालयले ६ महिना भन्दा बढी समय खर्चि सकेको छ ।

भ्रमण बर्षको फेसबुक पेज बन्द गराउँदै सचिवालय

सचिवालयका अनुसार हाल सम्म बिभिन्न संघसंस्था वा ब्यक्तिहरुले भ्रमण बर्ष सचिवालयको फेसबुक पेज समेत बन्द गर्ने भएको छ ।

हाल सम्म आफ्नै फेसबुक पेज समेत निर्माण गर्न नसकेको सचिवालयले अन्य ब्यक्ति वा संस्थाले निर्माण गरेको फेसबुक पेज समेत बन्द गर्ने भए पछि प्रचारप्रसारमा धक्का लाग्ने पर्यटन ब्यवसायीहरु बताउँछन ।

सचिवालयले भने आधिकारिक फेसबुक पेज बनाउने र अन्य त्यस्ता पेजहरु बन्द गराउन पहल भईरहेको जानकारी दिएका छन । तर कहिले सम्म आधिकारिक पेज निर्माण हुन्छ भन्ने सचिवालयलाईनै कुनै जानकारी छैन ।

सचिवालयले आफ्नै पेज बनाउनु राम्रो हो तर भएको पेजहरु मार्फत प्रचार प्रसारलाई समेत रोक्नु भने ठिक नभएको ब्यबसायीहरुको गुनासो रहेको छ । भईरहेको पेज बन्द गराउँदा भ्रमण बर्षलाईनै असर गर्ने र अहिले हामीले जति सोचेका छौं ति पर्यटक पनि नआउन सक्ने उनिहरुको ठम्याई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL