Logo

सलाम एयरको काठमाडौं ओमान उडान विस्तार, अब हप्तामा ७ उडान भर्ने

सलाम एयरको काठमाडौं ओमान उडान विस्तार, अब हप्तामा ७ उडान भर्ने



काठमाडौं । ओमानको सलाम एयरले आगामी हप्ता देखि काठमाडौं ओमान दैनिक उडान गर्ने भएको छ । कम्पनीले भ्रमण बर्ष २०२० लाई लक्षित गर्दै आफ्नो उडानलाई विस्तार गरि हप्तामा ७ उडान गर्ने भएको हो । यस अघि भने कम्पनीले काठमाडौंमा हप्तामा ३ उडान मात्रै गर्दै आईरहेको थियो ।

laxmi

करिब डेढ बर्ष अघि नेपाल भित्रिएको सलाम एयरले हप्तामा ३ उडान गर्दै आईरहेको थियो । कम्पनीले हाल आफ्नो गन्तब्य विस्तार गर्दै विश्वका २० स्थानहरुमा आफ्नो उडान गर्दै आईरहेको छ ।

त्यस्तै शनिबार आयोजित एक कार्यक्रममा कम्पनीले बिभिन्न ट्राभल एण्ड टुर्सहरुलाई सम्मानित गरेको छ । सम्मानित हुने एजेन्सिजहरुमा एकसल ट्राभल एण्ड टुर्स, हार्वेस्ट, हेल्लो, लाईट, मेचिकाली, मुस्कान, ओपनवे, प्रयास, रस्मिता अन्तरराष्ट्रिय ट्राभल तथा सिलिङ रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL