Logo

टानको अध्यक्षमा सुवेदी निर्वाचित, महासचिवमा सरिता लामा

टानको अध्यक्षमा सुवेदी निर्वाचित, महासचिवमा सरिता लामा



काठमाडौं । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) का अध्यक्षमा खुमबहादुर सुवेदी निवार्चित भएका छन । टानको ४१ औं वार्षिक साधरण सभाले सुवेदीलाई अध्यक्षमा निर्वाचित गरेका हुन ।

वरिष्ठ उपाध्यक्षमा नविन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्रबहादुर बस्नेत र द्वितीय उपाध्यक्षमा भरत सापकोटा निर्वाचित भएका छन । तिनै जना उपाध्यक्ष सुवेदी समुहका हुन । त्यस्तै महासचिवमा सरिता लामा निर्वाचित भएकी छिन भने सचिवमा दामोदर ढकाल निर्वाचित भएका छन । उनिहरु दुवै जना कुमार थापा समुहका हुन ।

कोषाध्यक्षमा सुवेदी समुहका महिला उम्मेद्वार ऋतु ग्यामदान (तामाङ) विजयी भएकी छिन भने सहकोषाध्यक्षमा सूर्यकुमार श्रेष्ठ विजयी भएका छन । सदस्यहरुमा सोनाम ग्याल्जेन शेर्पा, सिम्बिर घले, ङिमा दिकी शेर्पा, कान्छा शेर्पा, रामबहादुर गुरुङ, मिङ्मा तेन्जी शेर्पा, प्रेमबहादुर लामा, सनम शेर्पा, र ठाकुरप्रसाद सापकोटा निर्वाचित भएको टान सचिवालयले जानकारी दिएको छ ।

सदस्यहरुमा सुवेदी समुहबाट सिम्बिर घले, सनम शेर्पा, कान्छा शेर्पा र सोनाम ग्याल्जेन शेर्पा रहेका छन भने थापा समूहबाट रामबहादुर गुरुङ, प्रेमबहादुर लामा, ङिमा दिकी शेर्पा, ठाकुर सापकोटा र मिङ्मा तेन्जी शेर्पा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL