Logo

निगमको काठमाडौं जापान उडान स्थगित गर्ने तयारी, भन्छन ३५ जना बोकेर जान सकिँदैन

निगमको काठमाडौं जापान उडान स्थगित गर्ने तयारी, भन्छन ३५ जना बोकेर जान सकिँदैन


बिजखबर संवाददाता
81
Shares

काठमाडौं । एक दशक अघि यात्रु नभएको भन्दै उडान स्थगित गरेको नेपालवायुसेवा निगमले पुन काठमाडौं जापान उडान रद्द गर्ने भएको छ ।

laxmi

अघिल्लो हप्ताबाट काठमाडौं जापान सिधा उडान गरेको निगमले टिकट बेच्न नसके पछि बिहीबार हुने जापान उडान स्थगित गर्न लागेको हो । निगमले पहिलो उडानमा करिब डेढ करोड रुपैयाँ घाटा गरेर ब्यवसायिक उडान सुरु गरे पनि मंगलबार र बिहीबारको उडान समेत स्थगित गर्ने तयारीमा रहेको छ ।

निगमका प्रवक्ता गणेश बहादुर चन्दका अनुसार जापान सिभिल एभिएसन ब्यूरो (जेक्याब) लाई उक्त उडान स्थगित गर्न पत्रचार गरेको र त्यहाँबाट अनुमति पाएमा विहिबारको उडान स्थगित गरिने छ ।

मंगलबार र बिहीबारको लागि ३०, ३५ जनाको मात्रै टिकट बुकिङ भए पछि निगमले उडान स्थगित गर्न लागेको हो । तर जेक्यावले अनुमति नदिएसम्म उडान रोक्न सकिँदैन चन्दले भने । निगमले भने उडान सुरु गर्नु अघि सुरुको महिनामा केही घाटा ब्यहोरेर भए पनि जापान उडान स्थगित नगर्ने घोषणा गरेको थियो तर निगमलाई अत्याधिक भार पर्ने भए पछि उडान रोक्नु परेको चन्दले जानकारी दिएका छन ।

एक उडानमा १ करोड रुपैयाँ भन्दा बढी खर्च हुने भए पछि ३५ जना बोकेर जान नसकिने निगमले स्पष्ट पारेको छ । सुरुको उडानमा झण्डै डेढ करोड रुपैयाँ भन्दा बढी घाटा ब्यहोरेको निगमले पुन त्यही कथा दोहोरिए पछि उडान स्थगित गर्न जेक्यापलाई पत्रचार गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL