Logo

भ्रमण बर्ष सचिवालयको काम प्रति प्रदेश सरकारको असन्तुष्टि, भन्छन विदेशमात्र गएर पर्यटक ल्याउन सकिँदैन

भ्रमण बर्ष सचिवालयको काम प्रति प्रदेश सरकारको असन्तुष्टि, भन्छन विदेशमात्र गएर पर्यटक ल्याउन सकिँदैन



काठमाडौं । भ्मण बर्ष २०२० को तयारी भईरहँदा प्रदेशका मुख्य मन्त्रीहरुले भने भ्रमण बर्ष सचिवालयको काम प्रति असन्तुष्टि जनाएको छ । मंगलबार राजधानीमा आयोजित नेपाल भ्रमण वर्ष २०२० मूल आयोजक समितिको चौथो बैठकलाई सम्बोधन गर्दै उनीहरुले सचिवालयको काम गर्ने तरिका प्रति असन्तुष्टि जनाएको हो ।

laxmi

भ्रमण बर्षलाई जनतासँग जोडनु पर्छ भन्दै स्थानीय तहमा समिति निर्माण गर्ने तयारीमा रहेको प्रदेश ३ का पर्यटन मन्त्री अरुण नेपालले जानकारी दिएका छन । उनले प्रदेशमा भएको विशेषतालाई केलाउँदै भौतिक पूर्वधारमा जोड दिनु पर्ने बताएका छन ।

पर्यटकको संख्या बढाउन भए पनि अहिले बन्द रहेको लाङटाङ र हेलाङ पास खोल्न सरकारसँग आग्रह समेत गरेका छन । त्यस्तै सहभागिहरुले भ्रमणबर्ष सचिवालयको वेबसाईटमा आएको गुनासोलाई समेत ब्यवास्ता गर्दै आएको प्रति असन्तुष्ट ब्यक्त गरेका छन ।

त्यस्तै भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले स्थानीय तहमा १२५ मुल आयोजक समिति गठन गरेको जानकारी दिएकी छिन । उनले पर्यटकिए क्षेत्र चितवन सरकारको प्राथमिकतामा नपरेको भन्दै राजधानी केन्द्रित बजेट भएकोमा गुनासो समेत पोखेकी छिन ।

गण्डकी प्रदेशका पर्यटन मन्त्री विकास लम्सालले भने बैठक मात्रै गर्ने कि काम पनि गर्ने गत बर्षमा ५ करोड मात्र खर्च गर्ने अनि बजेट कम भयो भन्दै सरकारलाई धम्क्याउने भन्दै सचिवालय संयोजक प्रति तिब्र असन्तुष्टि ब्यक्त गरेका छन ।

उनले आफुहरु कामको सिन्को नभाँचने विदेशमात्रै दौडिने भन्दै भौतिक पूर्वधारमा लगानी बढाउन आग्रह गरेका छन । उनले भने, ‘पोखरामा सरकारले एउटा माईस विल्डिङ बनाई दिनोस हामीलाई केही चाहिदैन पर्यटक ल्याउन कुनै गाह्रो छैन यदि तपाईं कुनै तनावमा छ भने हामी कहाँ आउनुहोस ।’

उनीहरूले भ्रमण वर्षको तयारीप्रति राष्ट्रिय संयोजक सुरज वैद्य नै असन्तुष्ट रहेका बेला यसलाई गम्भीर भएर निर्णय र योजना ल्याउन पर्यटनमन्त्री भट्टराईलाई अनुरोध गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL