Logo

जहाजबाटै सुन चोरी गर्ने २ चिनियाँ नागरिक पक्राउ, पक्राउ पर्नेमा क्यूआई र सिन्जोङ

जहाजबाटै सुन चोरी गर्ने २ चिनियाँ नागरिक पक्राउ, पक्राउ पर्नेमा क्यूआई र सिन्जोङ



काठमाडौं । त्रिभुवन विमानस्थलमा जहाजभित्रै चोरी गरेको आरोपमा प्रहरीले २ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चिनियाँ नागरिक क्यूआई म र सिन्जोङ हु रहेका छन ।

laxmi

शनिबार बिहान टर्किस एयरलाइन्सबाट स्तानबुल जान लागेका बेला उनिहरुले चोरी गरेको प्रहरीले जानकारी दिएको छ । उनिहरुले डेनमार्कका नागरिकको २ ओटा सुनको बाला र नगद चोरी गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी प्रधानकार्यालयका अनुसार ति चिनियाँ नागरिक बुधबार टर्किस एयरलाइन्सबाट काठमाडौं आएका थिए । घटनाको विषयमा महानगरीय प्रहरी वृत्त, गौशालाले विस्तृत अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL