Logo

टानको ४१ औं साधरणसभा भदौ २० मा हुँदै, अध्यक्षमा १५ जना भिड्दै

टानको ४१ औं साधरणसभा भदौ २० मा हुँदै, अध्यक्षमा १५ जना भिड्दै



काठमाडौं । ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) को ४१ औं साधरण सभा यही भदौ २० गते हुने भएको छ ।

यही २० गते हुने साधरण सभा तथा निर्वाचनमा १५ जनाले आफ्नो उमेदवारी दिने तयारीमा रहेको टानले जानकारी दिएका छन । अध्यक्ष पदको लागि तेज बहादुर गुरुङ, खुम सुवेदी, कुमार थापा, मुक्ति पाण्डे, मोहोन लम्साल, पूर्ण चन्द्र भुसाल, गणेश सिम्खडा, हरी धरेललगायत १५ जना रहेका छन ।

२० गते हुने उक्त सभाका लागि टानले सम्पूर्ण तयारी भएको भन्दै साधारणसभामा हुने निर्वाचनको लागि समेत कार्यतालिका सार्वजनिक गरेको छ । टानले यही भदौ २० गते हुने साधारण सभा तथा निर्वाचनको लागि कार्यतालिका सार्वजनिक गरेको हो । साथै टानले आफ्ना सम्पूर्ण सदस्यहरुलाई नविकरण गर्न बाँकी रहेमा तत्काल नविकरण गर्न समेत अनुरोध गरेको छ ।

९ सदस्यीय कार्यसमितिको लागि टानले उमेदवारहरुका लागि अन्तिम दरखास्त मिति भने भदौ १६ गते २ बजे सम्मलाई तोकेको छ । उमेदवारी दरखास्तसँगै अध्यक्ष पदको लागि ६० हजार रुपैयाँ शुल्क समेत तोकेको छ । त्यस्तै कार्यसमिति पदाधिकारीको हकमा भने ४० हजार रुपैयाँ र अन्य सदस्यहरुका लागि भने २५ हजार रुपैयाँ शुल्क तोकेको छ ।

टानको सदस्य ऐजेन्सीको संचालक समितिमा रहेका व्यक्तिले मात्र संघको निर्वाचनमा भाग लिन पाउनेछन । कार्यक्रम भदौ २० गते सोल्टी होटल क्राउन प्लाजामा हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL