Logo

बिक्री हुन सकेन निगमको बोईङ, दोस्रो पटकको टेण्डरमा पर्ला त आवेदन

बिक्री हुन सकेन निगमको बोईङ, दोस्रो पटकको टेण्डरमा पर्ला त आवेदन



काठमाडौं । नेपाल वायुसेवा निगमलाई बोईङ जहाज बिक्री गर्न कठिन भएको छ । निगमले आफ्नो बोईङ ७५७, ९ एन जहाज बिक्रीका लागि लिलामीमा राखेपनि आवेदन नपर्दा बिक्रीमा कठिनाई भएको हो ।

laxmi

निगमले बिक्री गर्ने वा आफैले संचालन गर्ने भन्ने विषयमा लामो समयसम्म अन्यौलता रहे पनि अन्नत बिक्री गर्ने लक्षका साथ यही असार ११ गते ४५ दिनको समय दिएर ग्लोबल टेण्डर गरेको थियो ।

४५ दिनको समयसीमा समाप्त हुँदा पनि कतैबाट आवेदन नपरे पछि पुनः दोस्रो पटक १५ दिनको समय दिएर टेण्डर आह्वान गरेको छ । निगमका प्रवक्ता गणेश बहादुर चन्दले दोस्रो पटकको टेण्डर समय हप्ता दिन वितिसक्दा पनि कुनै आवेदन नपरेको बताएका छन ।

उक्त जहाज बिक्रीका लागि संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले टुङ्गो लगाउने जिम्मा बोर्डलाई नै दिए पछि निगमको बोडले बिक्री गर्न असारमा टेण्डर आह्वान गरेको थियो । विगत लामो समय देखी ग्राउण्डेड रहेको उक्त जहाज मर्मत गरि संचालन गर्दा आर्थिक रुपमा धेरै भार पर्ने देखिए पछि जहाज बिक्री गर्ने निर्णयमा निगम पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL