Logo

एक पछि अर्को जहाज थप्दै निजी वायुसेवा कम्पनी, श्री र बुद्धले २/२ वटा जहाज भित्र्याउँदै

एक पछि अर्को जहाज थप्दै निजी वायुसेवा कम्पनी, श्री र बुद्धले २/२ वटा जहाज भित्र्याउँदै



काठमाडौं । नेपालको निजी वायुसेवा कम्पनीहरु एक पछि अर्को जहाज थप्ने तयारीमा जुटेका छन् ।

निजी एयरलाईन्स कम्पनी श्री एयरलाइन्सले आन्तरिक उडानको लागि बम्बाडियर क्यु ४०० डास ८ जहाज खरिद गरेको छ । कम्पनीको उक्त जहाज आजै ४ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भएको छ ।

कम्पनीले नयाँ जहाज भित्र्याएसँगै अबको १५ दिनमा पुनः अर्को जहाज भित्र्याउने तयारी गरेको कम्पनीका प्रवक्ता अनिल मानन्धरले जानकारी दिएका छन । उनका अनुसार क्यानाडाबाट आउने उक्त जहाज बेलुका ४ बजे काठमाडौं विमानस्थलमा अवतरण गर्ने छ । कम्पनीले भित्र्याएको ८० सिट क्षमताको उक्त जहाजले जनकपुर, पोखरा र सिमरा उडान गर्ने भएको छ ।

त्यस्तै बुद्ध एयरले पनि नयाँ जहाज भित्र्याउने तयारी गरिरहेको छ । बुद्धले हाल १२ ओटा जहाजमार्फत आन्तरिक तथा अन्तरराष्ट्रिय उडान गर्दै आईरहेको छ । कम्पनीले हाललाई थप दुईओटा जहाज भित्र्याउने लक्ष्य लिए पनि शनिबार सम्ममा भने एटिआर ७२ जहाज एउटा मात्रै भित्र्याउने तयारी गरेको छ ।

त्यस्तै अर्को जहाज भने सेप्टेम्बरको पहिलो साता आईपुग्ने छ । त्यस्तै यति एयरले पनि एटिआर जहाज थप्ने तयारी गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL