Logo

भ्रमण बर्ष लक्षित नयाँ जहाज भित्र्याउँदै श्री एयर, आईतबार ८० सिट क्षमताको जहाज काठमाडौ आईपुग्ने

भ्रमण बर्ष लक्षित नयाँ जहाज भित्र्याउँदै श्री एयर, आईतबार ८० सिट क्षमताको जहाज काठमाडौ आईपुग्ने



काठमाडौं । नेपालको निजी वायुसेवा कम्पनी श्री एयरलाइन्सले आन्तरिक उडानमा नयाँ जहाज थप्ने भएको छ ।

कम्पनीले बम्बाडियर क्यु ४०० डास ८ जहाज आईतबार काठमाडौंमा अवतरण गराउने भएको छ । अन्तरराष्ट्रिय उडान गर्न अनुमति पाएसँगै कम्पनीले जहाज थप गर्न लागेको कम्पनीका प्रवक्ता अनिल मानन्धरले जानकारी दिएका छन ।

कम्पनीले भित्र्याउन लागेको ८० सिट क्षमताको उक्त जहाजबाट पोखरा, जनकपुर र सिमरामा उडान गर्ने तयारी भईरहेको मानन्धरले जानकारी दिएका छन । आईतबार उक्त जहाज नेपाल भित्र्याएसँगै १५ दिन भित्रै अर्को जहाज समेत भित्र्याउने कम्पनीको लक्ष्य रहेको छ ।

हाल ४ ओटा जहाजबाट आन्तरिक उडान गर्दै आएको कम्पनीले भ्रमण बर्षलाई लक्षित गर्दै उक्त नयाँ जहाज भित्र्याएको हो । त्यस्तै कम्पनीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अन्तरराष्ट्रिय उडान अनुमति पाएसँगै भारत तथा बंगलादेशका विभिन्न स्थानहरुमा समेत छिटटै उडान भर्ने तयारी गरेको छ ।

मानन्धरका अनुसार मन्त्रालयले उडान सञ्चालनका लागि अनुमति दिए पछि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति लिने प्रकृयालाई अगाडी बढाएको जानकारी दिएका छन । श्री एयरले अन्तरराष्ट्रिय उडान भने ७० सिटे सीआरजे ७०० र ५० सिटे सीआरजे २०० मार्फत गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL